कांग्रेस अधिवेशनः पश्चिम नवलपरासीमा पराजित उम्मेदवारले माइन्युट च्याते
सभापति शेरवहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका गुट विवादका कारण भदौ १८ गते सम्पन्न नेपाली कांग्रेस पश्चिमनवलपरासीका सबै वडा अधिवेशनको परिणाम अन्यौलमा परेको छ। अधिवेशन सम्पन्न दुई दिन वितिसक्दा पनि परिणाम सार्वजनिक हुन सकेको छैन ।
सदस्यता विवादका कारण सुरु भएको दुई समुहको समस्याले कतै माइन्युट च्यातिका छन् भने कतै सार्वजनिक भएका परिणाममा पनि असहमति जनाएर उजुरी दर्ता भएका छन् । देउवा समुहका प्रतिनिधिसभा सदस्य एवम् कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र पौडेल समुहका संविधानसभा सदस्य विक्रम खनाल समूहका विचमा विवाद छ।
रामग्राम नगरपालिका–११ मा भएको अधिवेशनमा पराजित भएका उमेदवार श्रीकान्त कलवारले माइन्युट च्यातेका हुन् । मतगणना सकिएर घोषणा गर्न जाने क्रममा पराजित उम्मेदवारका व्यक्तिहरु एक्कासी आवेगमा आएर हातमा बोकेको माइन्युट च्यातेको जनाईएको छ। उनले १६ मत पाएका थिए भने विजयी उम्मेदवार भवानी शंकर चौधरीले १८ मत ल्याएका छन् ।
चौधरी खनाल गुटका हुन् भने कलवार कँडेल गुटका हुन् ।
सुस्ता गाउँपालिका– ५ को अधिवेशनमा मनोनयन पत्र दर्ता नगरी निर्वाचन परिमाण घोषणा गरेको भन्दै पार्टी जिल्ला निर्वाचन समितिमा उजुरी परेको छ । निर्वाचनमा विजयी भएका उमेदवारलाई निर्वाचन समितिले प्रमाणपत्र समेत दिइ सकेपछि उजुरी परेको हो ।
दुवै गुटले निर्वाचनमा जाने सहमति गरेपछि चुनाव भएको थियो । विजयी हुने सबै खनालक गुटका हुन् । कँडेल गुटले उजुरी दिएको हो ।
२५ जना क्षेत्रीय प्रतिनिधिमध्ये आरक्षण र केही समानुमातिकका गरी १० क्षेत्रीय प्रतिनिधिमा दुई गुटले सहमति गरेपछि निर्विरोध भएको थियो । वडा सभापति र अन्य १५ जना क्षेत्रीय प्रतिनिधिबीच सहमति नजुटेपछि चुनाव भएको हो ।
निर्वाचनमा २ सय ७१ मत खसेको थियो ।
शेरवहादुर देउवा रामचन्द्र पौडेल पश्चिमनवलपरासी वडा अधिवेशन माइन्युट च्यातियो