News विदेश Breaking News मुख्य समाचार

अमेरिकी सेनाद्वारा अफगानीस्तानमा रहेको सीआईए बेस क्याम्पमा विस्फोट 

अमेरिकी सेनाद्वारा अफगानीस्तानमा रहेको सीआईए बेस क्याम्पमा विस्फोट 

काबुल । अमेरिकी सेनाले एक नियन्त्रित विस्फोटकद्वारा काुबल विमानस्थलबाहिर रहेको एक सीआईए बेस क्याम्प ध्वस्त पारेका छन् । अमेरिकी सेना अफगानिस्तानबाट बाहिरीसकेपछि आफ्नो इगल बेस क्याम्प ध्वस्त पारेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 

आफ्नो कुनै पनि छुटेका उपकरण र कागजातहरुमा तालिबानी समूहको हातमा नपरोस् भनेर उक्त बेस क्याम्प ध्वस्त पारेको अमेरिकी अधिकारीहरुले जनाएका हुन् । युद्धको सुरुवातमा पहिलेको इँटा उद्योगमा अमेरिकी सेनाको बेस क्याम्प स्थापना गरिएको हो । 

एक सानो चौकीको रुपमा स्थपना गरिएको बेस क्याम्प विस्तौ फराकिलो हुँदै अफगानिस्तानको खुफिया एजेन्सीहरुको आतंकवाद विरोधी सेनाहरुलाई प्रशिक्षण दिनका लागि उक्त बेस क्याम्प प्रयोग गरिएको थियो ।

वर्तमान र भूतपूर्व अधिकारीहरुका अनुसार ती शक्तिहरु मात्र सरकार पतन हुँदा पनि तालिबानविरुद्ध लडिरहेका थिए । उनीहरु एक असाधारण इकाई थिए, मिक मुलरोय, एक पूर्व सीआईए भन्छन्, अफगानिस्तानमा सेवा गर्ने अधिकारीनै अफगानिस्तान सरकारको विगत २० बर्षदेखि तालिबानलाई नियन्त्रणमा राख्ने एउटा मुख्य माध्यम थिए । उनीहरु अन्तिमसमय सम्म लडिरहेका थिए र धेरैको संख्यामा हताहत भएको थियो ।

अमेरिकाको उक्त बेस क्याम्पमा केही उपकरणहरु र महत्वपूर्ण कागजातहरु छुटेको हुनसक्ने भएको र उक्त क्षेत्रमा तालिबानी समूहले पहुँच स्थापित गर्ने भएकोले ध्वस्त पारिएको बताइएको छ । 

विशेष