News

मित्रराष्ट्र विरुद्ध लक्षित गतिविधिमा संलग्नलाई कारवाही गर्ने गृृहमन्त्रालयको चेतावनी

मित्रराष्ट्र विरुद्ध लक्षित गतिविधिमा संलग्नलाई कारवाही गर्ने गृृहमन्त्रालयको चेतावनी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध भईरहेको नाराजुलुस तथा पुत्ला दहनमा संलग्नलाई कारवाही गर्ने गृहमन्त्रालयले चेतावनी दिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध भईरहेको नाराजुलुस तथा पुत्ला दहनमा संलग्नलाई कारवाही गर्ने गृहमन्त्रालयले चेतावनी दिएको छ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आईतवार एक प्रेस विज्ञप्ति जारी गर्दै मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गरिने चेतावनी दिईएका छन् ।

‘विगत केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने  गतिविधि प्रति गृहमन्त्तालयको गम्भिर ध्यानाकर्षण भएको छ। यस्ता उच्छृंखल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ’ विज्ञप्तिमा भनिएको छ–‘नेपाल सरकार सवै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्वन्ध अझ प्रगाढ वनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ। मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सवैलाई आग्रह गरिन्छ।’

कुनै पनि राष्ट्रको नाम उल्लेख नगरिएको उक्त विज्ञप्तिमा मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमवाट समाधान गरिदै आएको र भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमवाटै समाधान गरिनेछ जनाईएको छ। 

१८ भदौमा सत्ता गठनबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।  

दार्चुलामा भएको तुईन प्रकरण र नेपाली आकाशमा अनाधिकृत भारतीय हेलिकप्टर प्रवेश गरेको विषयमा सरकार चुप लागेर वसेको भन्दै विरोधमा उत्रिएको विद्यार्थी संगठनले मोदीको पुत्ला दहन गरेको हो । 

यो पनि

सत्ता गठनबन्धनका विद्यार्थीले नै जलाए नरेन्द्र मोदीको पुत्ला, यस्तो छ कारण

नरेन्द्र मोदी पुत्ला दहन गृहमन्त्रालय

विशेष