News

नख्खु कारागाराका नाईके र भाई नाईकेको ‘रामधुलाई’

नख्खु कारागाराका नाईके र भाई नाईकेको ‘रामधुलाई’

ललितपुरको नख्खु कारागारका नाइके र कैदीबन्दीबीच झगडा भएको छ । कारागारभित्र होटलको मूल्य बढाएको विषयमा सुरु भएको वादविवाद कुटाकुटमा परिणत भएको हो।

कारागार व्यवस्थापन विभागका महानिर्देशक जनकराज दाहालले अहिले विवाद साम्य भइसकेको बताए । ‘आन्तरिक समस्या हो, अहिले साम्य भइसकेको छ। गुनासोहरुलाई लिखितरुपमा बुझाउन भनेका छौं ।’ उनले भने।

नाइके, भाइ नाइकेको व्यवहारबाट आजित भएपछि उनीहरुबीच हात हालाहाल भएको बताइएको छ ।

जेलभित्रको व्यवस्थापन मिलाउन त्यहाँको प्रशासनले कैदीहरुबीच नाइके, भाइ नाइकेको जिम्मेवारी तोकेको हुन्छ । उनीहरुले कैदीबन्दीलाई दुब्र्यवहार गरेपछि बिरोधमा हानाहान भएको बुझिएको छ । 

नख्खु कारागार रामधुलाई

विशेष