News राजनीति

विभाजनपछि ओली र नेपालको अवस्था, कुन प्रदेशमा को वलियो ?

विभाजनपछि ओली र नेपालको अवस्था, कुन प्रदेशमा को वलियो ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएपछि केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूले आफ्नो कित्ता छुट्याउने क्रम चलिरहेको छ । निर्वाचन आयोगले २२ भदौसम्म नेताहरुलाई रोजेको पार्टीमा जान पाउने गरी समयसिमा तोकेकाले दुवै पार्टीको वास्तविक अवस्था अहिले नै घोषणा गर्न नसकिएपनि विभाजनको असर रामै्र देखिएको छ।

केन्द्रमा सनाखतको काम सकिएपछि अहिले प्रदेश र स्थानीय तहमा सनाखत चलिरहेको छ । प्रदेश निर्वाचन कार्यालयमा सनाखत गराउन दुई दिन बाँकी रहँदासम्म पनि विभिन्न प्रदेशसभाका एमाले सदस्यहरू विभाजन भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)मा सनाखत गराइरहेका छन् ।

आइतबारसम्म सात प्रदेशमध्ये पाँच प्रदेशसभामा एमाले बलियो देखिएको छ । गण्डकीमा नेकपा (एस) का कुनै सांसद छैनन् भने लुम्बिनीमा हालसम्म एक जना मात्र नेकपा (एस)को पक्षमा देखिएका छन् ।

प्रदेश १ मा नेकपा (एस)मा १० सांसद लागेका छन् । सभामुखबाहेक ५१ प्रदेशसभा सदस्य जितेको एमालेमा ४१ सांसद छन् । प्रदेश २ मा नेकपा (एस) १३ र एमालेको संख्या ८ छ।

वाग्मतीामा नेकपा (एस) को पक्षमा सनाखत गर्ने सांसद १३ पुगेका छन भने एमालेको संख्या ४२ छ। गण्डकी प्रदेशसभामा भने नेकपा (एस)को पक्षमा एमालेका कुनै पनि सांसद उभिएनन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन् ।

विभाजनको असर लुम्बिनी प्रदेशसभामा भने न्यून मात्रै प¥यो । लुम्बिनी प्रदेशसभामा एमाले विभाजित भएर गठन भएको नेकपा (एस)मा सनाखत गराउनेको सांसद १ जनामात्रै छन् । एमालेमा ३६ सांसद छन् ।

४० सदस्यीय कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । चार सांसद पदमुक्त भएपछि १६ सांसदमा पुगेको एमालेका तीन सांसदले नेकपा (एस) रोजेसँगै १३ सदस्यमा झरेको छ ।

सुदूरपश्चिमको प्रदेश सभामा नेकपा (एस)का १३ जना सांसद भएका छन् भने एमालेमा सभामुखसहित ११ जना छन् ।

नेकपा एमाले नेकपा (एकीकृत समाजवादी) विभाजनको असर

विशेष