रामकुमारी झाँक्रीको मुख मात्रै, प्रभाव क्षेत्रमा प्रश्तावक–समर्थककै अभाव

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजन भएपछि केन्द्रदेखि स्थानीय तहसम्म नेताहरूले आफ्नो कित्ता छुट्याउने क्रम चलिरहेको छ । पार्टी छान्ने विभिन्न कारणहरु देखिएका छन् । कतै केन्द्रीय नेताहरुको प्रभावका कारण नेता/कार्यकर्ताले पार्टी छनौट गर्ने क्रम देखिएको छ भने कतै भने यसअघि प्रभावशाली मानिएका नेताका लठैत भनेर चिनिएकाहरुले समेत उनीहरुको साथ छोडेको देखिएको छ ।
निर्वाचन आयोगले २२ भदौसम्म प्रदेश र स्थानीय तहका नेता÷कार्यकर्ताहरुलाई रोजेको पार्टीमा जान पाउने गरी समयसिमा तोकेकाले उनीहरुले सनाखत गर्ने क्रम जारी नै छ । तर, अहिलेसम्मको अवस्थाले माधवकुमार नेपालको नेकपा (एकिकृत समाजवादी) मा रहेकी नेतृ रामकुमारी झाँक्रीको प्रभाव क्षेत्रमा उनलाई पछ्याउने नेता कार्यकर्ताको संख्या एकदम कम छ।
रामकुमारी झाँक्री वामपन्थी युवा नेतृ हुन्। उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्ष भैसकेकी छन्। उनको जन्म २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीका रूपमा भएको हो।
उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरिन् । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् ।
उनको जन्मघर गुल्मीमा नेकपा एमाले विभाजनको असर कम मात्र परेको बताइएको छ । जिल्ला कमिटीका कुनै सदस्य विभाजनमा नलागेकाले समाजवादी शून्य बनेको एमालेको दाबी छ ।
पार्टीका जिल्ला, क्षेत्रीय, पालिका र अन्य जनवर्गीय संगठनका नेताहरु एमालेमै बसेका छन् । यो अवस्थाले प्रभाव क्षेत्र गुल्मी भएकी नेतृ रामकुमारी झाँक्री माइतीमा एक्लै परेको भन्दै एमालेका नेता/कार्यकर्ताले ब्यंग्य गर्न थालेका छन् । जिल्लाबाट संघीय संसदमा चार जना सांसद छन् ।
सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट तथा अखिल नेपाल महिला सँघकी केन्द्रीय सदस्य मैना भण्डारीले संघीय संसदमा एमालेको प्रतिनिधित्व गर्दै आएका छन् । प्रदेशमा प्रतिनिधित्व गर्ने एमाले सांसदहरु पनि विभाजनको पक्षमा नलागेको देखिएको छ। ४ प्रदेश सांसदमध्ये एमालेको पक्षमा २ सांसद रहेका छन् । कमल श्रेष्ठ र खड्क केसी एमालेबाट निर्वाचित प्रदेश सांसद हुन् ।
जिल्लाका १२ स्थानीय तहमध्ये आठ वटामा प्रमुख र उपप्रमुखसहित बहुमत र नेपाली काँग्रेसका दुई पालिका उपाध्यक्षसहित बहुमत एमालेले जितेको छ । ती तहमा पनि सबैजसोले एमालेतिर नै रहने वताईएको छ।
यसअघि मुसिकोट नगरका मेयर सोमनाथ सापकोटा र जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली नेता गगन बिष्टसँगै माधव नेपाल समूहमा खुलेर लागेका थिए । तर केन्द्रीय सचिव बिष्ट एमालेमै रहेपछि सापकोटा र पराजुलीले पनि उतै लागेका छन् ।
लक्ष्मण र सोम सापकोटाले भने एमालेमा नफर्किने वताएका छन् । सापकोटाले केन्द्रीय कमिटी पुनर्गठनमा चर्को अपेक्षा गरेको एमाले पक्षधरहरुको आरोप छ । लक्ष्मणले भने इस्मा गाँउपालिकाको अध्यक्ष सुनिश्चित गरेर मात्रै जिल्ला फर्कने सन्देश पठाएको अर्को पक्षको भनाई छ ।
रामकुमारी झाँक्री अनेरास्ववियु