News

ओलीले भने– देउवा सरकार ‘घरको बाघ–वनको स्याल’, धाक–धक्कु मात्रै ठुला

ओलीले भने– देउवा सरकार ‘घरको बाघ–वनको स्याल’, धाक–धक्कु मात्रै ठुला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरवहादुर देउवा नेतृत्वको सरकारलाई ‘घरका बाघ–वनका स्याल’ को संज्ञा दिएका छन् ।

सोमवार राजधानीमा आयोजित युवा संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो वताएका हुन । उनले भारतीय सुरक्षाकर्मीबाट आफ्ना नागरिकको हत्या हुँदा पनि सरकार नबोलेको भन्दै सरकारको आलोचना गरे।

‘महाकालीमा नेपाली युवा मारिँदा यो सरकार वोलेन। अफगानिस्तानमा पनि कुनै ध्यान दिएन’ उनले भने–‘एमालेलाई सराप्ने र जाली झेली काम गर्न मात्रै लागे। मैले भनेकै थिएँ नि टालाटुली बटुली कति राम्री पुतली जस्तो सरकार।’

यस्तैलाई ‘घरको बाघ वनको स्याल’ भन्छने भन्दै ओलीले आफ्ना नागरिकको ज्यान जाँदा पनि देउवा सरकार नबोलेकोमा आक्रोश पोखे। आफ्ना नागरिक मारिँदा पनि सरकाले प्रश्न उठाउन नसकेको उनको भनाई छ।

ओलीले राष्ट्रियताबारे प्रश्न उठाएर सडकमा निस्किने युवाहरुमाथि सरकारले लाठी चलाएको पनि बताए। ‘आफ्ना नगारिक मारिँदा पनि बोल्न सक्दैन सरकार। सडकमा उत्रेका युवामाथि त लाठी लगाउन सक्छन। युवाहरु बोल्ने बित्तिकै जाइ लाग्छ’–उनले भने ।

देशभित्रका युवालाई थुन्ने र यातना दिने सरकार नेपालमाथि भएको ज्यादतिबारे चुइँक्क बोल्न नसको ओलीको भनाई छ। ‘यो भन्दा नालायकीपन अरु के हुन्छ?’ ओलीले सोधे, ‘एउटा पार्टी त बोल्न सकेन। तर पाँच पाँचवटा पार्टी हुँदा पनि चुइँक्क बोल्न नसक्ने कस्ता पार्टी ? धाक धक्कु साना छैनन्। तर आफूलाई परेको अन्यायमा पनि बोल्न सक्दैनन्।’
 

केपी शर्मा ओली शेरवहादुर देउवा घरको बाघ–वनको स्याल

विशेष