News

एमसीसी विरुद्ध पर्दशनः अमेरिकी राज दुतावास अगाडिबाट अखिल (क्रान्तिकारी) का नेता पक्राउ

एमसीसी विरुद्ध पर्दशनः अमेरिकी राज दुतावास अगाडिबाट अखिल (क्रान्तिकारी) का नेता पक्राउ

अमेरिकी मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) को विरोधमा अमेरिकी दुतावास अगाडि प्रर्दशन गरिरहेका ६ जना विद्यार्थी नेता सोमबार पक्राउ परेकाछन् ।  ​मोहन बैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेस सहित ६ जना विद्यार्थी नेताहरु पक्राउ परेकाहुन् । 

पक्राउ पर्नेमा अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचीव महेश श्रेष्ठसहित ६ जना केन्द्रिय सदस्यहरु रहेकाछन् । 

अखिल (क्रान्तिकारी) ले सोमबार एमसीसी विरुद्ध अमेरिकी राजदुतावास अगाडि पर्दशन कार्याक्रम राखेको थियो । सोही सिलसिलामा राजदुवास अगाडि पुगेका नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

एमसीसी खारेजी नै हुनुपर्ने माग राखेर बैद्य निकट विद्यार्थी संगठनले निरन्तर विरोध कार्यक्रम गरिरहेको छ । 

विशेष