News

ओलीले यो के भने– जसो गर्दा समस्या समाधान हुन्छ त्यसो गर्नुस्, त्यही हो १० बुँदे

ओलीले यो के भने– जसो गर्दा समस्या समाधान हुन्छ त्यसो गर्नुस्, त्यही हो १० बुँदे

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी जस्ताको तस्तै २०७५ जेठ २ मा फर्कन नसक्ने वताएका छन् । माधव कुमार नेपाल समुहमा रहेका तर, पार्टी विभाजन हुँदा एमालेमै रहेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासो गरिरहेका बेला ओलीले यस्तो वताएका हुन ।

पोखरामा आज भएको बृहत कार्यकर्ता भेलामा अध्यक्ष ओलीले जेठ २ मा जस्ताको तस्तै फर्किन सम्भव नभएको स्पष्ट पारे। 

उनले माओवादी र एमालेको एकीकरणको निरन्तरता नै अहिलेको पार्टी भएको पनि बताए । एकीकरणपछि पार्टीको नाम अहिले एमाले भएको जिकिर उनले गरे । पुष्पकमल दाहाल ‘प्रचण्ड’ गुट अलग भएर गए पनि माओवादीबाट आएका थुप्रै मान्छे एमालेमै रहेकाले एकता कायमै रहेको उनको भनाई थियो । ‘जसो गर्दा समस्या समाधान हुन्छ, त्यसो गर्नुस् । त्यही हो १० बुँदे’– उनले भने।

माधव नेपाललाई पनि फुट्न नदिन कार्यदल बनाएको, तर उनले १० बुँदेलाई अस्वीकार गरेको ओलीले बताए । ओलीले अघि भने, ‘हामीले यसलाई उपयोग गर्दै पार्टीको समस्या समाधान गर्दै, भ्रम र अलमलमा परेका साथीहरुलाई पनि ल्याउँदै पार्टीलाई मजबुत बनाएर जान स्वीकार गरेका छौं । यसलाई कुनै हाउगुजीका रुपमा नबुझ्न आग्रह गर्छु ।’

तर, पार्टीमा विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने उल्लेख थियो । 

नेकपा एमाले केपी शर्मा ओली माधव कुमार नेपाल १० बुँदे सहमति

विशेष