News

सांसदलाई देउवाको अंकुश– एमसीसी नवुझेकाले नवोल्नु

सांसदलाई देउवाको अंकुश– एमसीसी नवुझेकाले नवोल्नु

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका बारेमा बुझेका सांसदहरुले मात्र बोल्न निर्देशन दिएका छन् ।

कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकमा सांसदहरुले एमसीसी सम्झौता के गर्ने भनेर प्रश्न उठाएपछि उनले यस्तो निर्देशन दिएका हुन । दलका नेतासमेत रहेका देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको जानकारी दिदै त्यसलाई प्रकृयागत रुपमा अगाडि वढाउने संकेत गरे ।

यो प्रतिस्पर्धाबाट प्राप्त गरेको अनुदान भएको र यससँग लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिएको भन्दै उनले भने, ‘जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुन्छन् । तर एमसीसीबारे अनावश्यक भ्रम फैलिएको छ। त्यसैले एमसीसीबारे बुझेका सांसदहरु बोल्नुस् । नबुझेका सांसदहरु नबोल्नुस् ।’

एमसीसी, अध्यादेशहरु, विधेयकहरु, सरकारका कामकारबाही र मन्त्रिपरिषद्ले पूर्णता पाउने विषयका साथै भारतीय एसएसबीले तुइन चुँडालेर महाकालीमा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको विषयमा दलको बैठकमा छलफल भएको थियो ।

कांग्रेसले भदौ २३ को संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि आफ्ना सांसदहरुलाई ह्वीव जारी गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरुका नाममा ह्वीप जारी गरिएको हो ।

शेरबहादुर देउवा एमसीसी

विशेष