News

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजिनामा

सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजिनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेबाट सहभागी उनीहरुले मंगलवार राजीनामा दिएका हुन् ।

बाजुराबाट निर्वाचित शाह ५ फागुन २०७४ मा तत्कालीन नेकपा नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त भएका थिए । पार्टी विभाजनका बेला एमाले स्थायी कमिटीको बैठकको निर्देशन विपरीत शाहले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएका थिए ।

गत जेठमा एमाले माधव समूहले तीन मन्त्रीलाई फिर्ता बोलाएर सात जना मन्त्री थपेको थियो । सो क्रममा उनी आर्थिक मामिला मन्त्री बनेका थिए भने गहतराज राज्यमन्त्रीमा नियुक्त भएकी थिइन् ।

विगतमा माधव नेपाल समूहमा रहेका शाह र गहतराज पार्टी विभाजनपछि एमालेमै रहेका छन् ।

यो पनि
नेकपा एसमा पहिरो जाने खतरा, सुदूरपश्चिमका मन्त्री नै एमालेमा फर्किने

विशेष