News राजनीति

माधव नेपाललाई क्षमादान गर्ने हैसियत सुरेन्द्र पाण्डेले कसरी वनाए ?

माधव नेपाललाई क्षमादान गर्ने हैसियत सुरेन्द्र पाण्डेले कसरी वनाए ?

नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधवकुमार नेपाल अहिले पनि पार्टीमा फर्किए क्षमादान दिने वताएका छन् । मंगलबार पोखरामा एमाले जिल्ला भेलालाई सम्बोधन गर्दै पाण्डेले नेपाल समूह फर्किए अझै पनि क्षमादान दिने बताए ।

पार्टी विभाजन गरेर गम्भीर गल्ती गरेको बताउँदै उनले माधव नेपाल समूहले नोक्सानको बाटो समाएको दावी गरे । पाण्डेले भने‘उहाँ शक्ति क्षय गर्ने र कमजोर बन्ने वाटोमा लाग्नुभयो । त्यसैले म अहिले पनि फर्कनुस् भन्न चाहन्छु,। गल्ती त गरिसक्नुभयो, पार्टी हो फर्कनुस्, क्षमदान गर्छौं ।’

कार्यदलका नेताले नेपाल समूहलाई छोडेर धोका दिएको भन्ने कतिपयले आलोचना गर्ने गरेको भन्दै नेता पाण्डेले धोका आफूहरुले होइन, नेपालहरुले दिएको बताए । ‘हामी त अन्तिमसम्म पनि मिलाउने अभियानमै थियौं । तपाईंहरुले पार्टी फुटाएर धोका दिएर जानुभयो’ उनले भने–‘अनेक चरणमा वार्ता गर्दै गयौं। ६ बुँदे सहमतिको आधार तयार पारेको, त्यसैको आधारमा १० बुँदे सहमति भयो । तर, हाम्रो प्रयास आंशिक सफल भयो, आंशिक असफल भयो ।’

पार्टी फुटाउँदाको अवस्था कस्तो हुन्छ ? भन्ने कुरा वामदेव गौतमले राम्ररी वुझेको पनि उनले वताए । यद्यपी गौतम अहिले पनि नेता नेपालसँगै छन् । ०५४ सालमा शक्ति आर्जन गर्न भन्दै वामदेव गौतमले पार्टी फुटाएको र ०५८ सालमा फेरि पार्टी एकता गरेको उनले स्मरण गरे । ‘२०५८ मा एकता गर्दै वामदेवजीले भन्नुभएको थियो, विभाजन गरेर शक्ति बढ्ने होइन रहेछ, मैले गल्ती गरेछु भनेको मैले सम्झिरहेको छु’– पाण्डेले भने।

पार्टी विभाजनका कारण देशैभरिको स्थिति हेर्दा ५ देखि १० प्रतिशतमात्र एमालेलाई नोक्सानी हुने पाण्डेले बताए । नेता पाण्डेले प्रदेश २ मा अलि बढी क्षति भएको रिपोर्ट आएको जानकारी दिए । 

नेकपा एमाले सुरेन्द्र पाण्डे माधवकुमार नेपाल पार्टीमा फर्किए क्षमादान

विशेष