News राजनीति

ओलीको ब्यंग्य– कांग्रेसले त आँट गरेको छैन, अब माधव नेपालको प्युसो

ओलीको ब्यंग्य– कांग्रेसले त आँट गरेको छैन, अब माधव नेपालको प्युसो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) लाई ‘प्युसो’ को संज्ञा दिएका छन् । 

मंगलबार पोखरामा आयोजित वृहत कार्यकर्ता भेलामा ‘माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान’ चलिरहेको बताउँदै नेता नेपालको पार्टीलाई प्युसोको संज्ञा दिएका हुन् ।

 “माधव नेपाल पार्टीमा अड्नै नसक्ने, बस्नै नसक्ने । यो पार्टी नफुटी नसक्ने । जिल्ला, पालिकामा गएर हाम्रो जनप्रतिनिधी छ कि, कार्यकर्ता छ कि कसरी बिगार्न सकिन्छ भनेर लोप्पा दिने’ उनले भने–‘लोप्पाबाहेक उनीहरुसँग राजनीति छैन । मेयरको उम्मेदवार दिएर के गर्ने, जित्ने त एमालेले नै हो। कांग्रेस त हामीसँग लड्न आँट गरेको छैन, अब माधव नेपालको प्युसो । उम्रिन पाएको छैन, एमालेसँग मुकाबला गर्ने सपना देख्छ ।” 


ओलीले नेपाललाई बेसरमको संज्ञा दिदै भने –‘एउटा अत्यन्तै बेसरम व्यक्तिको नेतृत्वमा अहिले अभियान चलिरहेको छ, नेकपा एमालेलाई समाप्त पार्ने । यतातिर मन्त्रीको पद बेच्न आइरहेको तपाइहरुले पनि सुन्नुभयो होला । एक दुईवटा पार्टीका बिग्रिएका र माधव नेपालको पछि लागेका व्यक्तिहरु यहाँ पनि मन्त्री पद बेच्न आएका थिए । मन्त्री खाइदेउ न, प्रदेशको मन्त्री खाइदेउन भन्दै । खान जन्मिएकाहरु हौ, खाउ ।” 

माधव नेपालले नेकपा समाजवादी पार्टी गठन गरेसँगै गठबन्धन सरकारमा देउसीमा जस्तो पाँच भाइ पुगेको ओलीले टिप्पणी गरे । ‘देश एउटा शान्तिपूर्ण आन्दोलनमा छ, संघर्षमा छ । एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्वहरु पनि सक्रिय भएर लागेका छन’ उनले थपे–‘उनीहरुलाई आपत के छ भने, कुनैपनि शक्तिले एक्लै एमालेतिर हेर्न पनि सक्दैन, लड्ने कुरा छाड्दिउँ । त्यसकारण उनीहरुले, देउसी खेल्दा भन्छन नि, चारैदिशा, चारभाई जम्मा भनेजस्तो, कोही पूर्वतिर, कोही पश्चिमतिर, कोही तराइ, कोही कतातिर गरेर पाँचभाई जम्मा, पाँचभाई जम्मा भन्दैथिए । अहिले पाँचभाई नि पुगे क्यार ?” 

नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदवाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उनले जिकिर गरे । उनले प्रश्न गरे,–‘अहिले किन सरकार हटाउनुपरेको थियो ?’

केपी शर्मा ओली नेकपा (एकिकृत समाजवादी) माधवकुमार नेपाल

विशेष