News

नेकपा एसमा पहिरो जाने खतरा, सुदूरपश्चिमका मन्त्री नै एमालेमा फर्किने

नेकपा एसमा पहिरो जाने खतरा, सुदूरपश्चिमका मन्त्री नै एमालेमा फर्किने

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) मा पहिरो जाने खतरा वढेको छ। सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले नेकपा एसमा नलाग्ने भन्दै राजीनामा दिने तयारी गरेका छन् ।

दुवै जनाले आफुहरु राजिनामा दिन तयारी अवस्थामा रहेको वताएका छन् । नेकपा एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाहले एमाले विभाजनपछि एमालेमै रहने वताए । राज्यमन्त्री गहतराजले पनि राजीनामा दिन लागेको वताइएको छ।

विगतमा शाह र गहतराज दुवै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि उनीहरुले नेपालको साथ छोड्न लागेका हुन । अहिले नेकपा समाजवादी सबैभन्दा ठूलो दल बनेको छ । २५ प्रदेशसभा सदस्य रहेको एमालेबाट समाजवादीमा १४ जना प्रदेशसभा सदस्यले सनाखत गरेका छन् ।

एमाले इतरका दलहरूले सरकार संचालन गर्ने तयारी गरेपछि शाह र गहतराजले राजीनामा दिन लागेका हुन्।

माधवकुमार नेपाल नेकपा (एकीकृत समाजवादी)

विशेष