News

सभामुखलाई गम्भिर आरोपः एमाले फुटाउन मतियार किन वन्नु भो ?

सभामुखलाई गम्भिर आरोपः एमाले फुटाउन मतियार किन वन्नु भो ?

 

प्रतिनिधि सभाको नवौं अधिवेशन अवरुद्ध भएको छ। नेकपा एमालेले सभामुखको विरोध गर्दै संसद भवन भित्रै नारावाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि वैठक स्थगित गरेका छन् । 

यसअघि नेकपा एमालेले आफ्नो दल टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा प्रयोग भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको बताए ।

‘नेकपा एमालेले कारबाही गरेका सांसदलई बचाउन र नेकपा एमाले टुक्र्याउन किन मतियार बन्नुभयो भन्ने प्रश्न सम्मानित संसदमा हामी जोडदार रुपमा उठाउन चाहन्छौं’–उनले भने ।

प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान कानुन नियम विधि सारा विषय उल्लंघन गरिएको बताए । नेकपा माओवादी केन्द्र र जसपाका नेतालाई कारवाही गरिएको १८ घण्टाभित्र सभामुखले सुचना जारी गरेको स्मरण गर्दै उनले एमाले चै अर्कैै ग्रहवाट आएको दल हो र ? भन्दै प्रश्न गरे ।

यसको चित्तवुझदो उत्तर नदिए संसद चल्न नदिने एमालेको निर्णय उनले सुनाउने वित्तिकै एमालेका सांसदहरुले रोष्टम घेरेर नारावाजी सुरु गरेका थिए । सभामुखले नियम अनुसार नै आफु अघि वढेको वताईरहँदा पनि सांसदहरुले नारावाजी नछोडेपछि १५ मिनेटका लागि वैठक स्थगित गरिएको छ।

सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बुधबारको बैठकमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश पेस हुने कार्यसूची पयनि छ। संसद्को यस अधिवेशनमा संसद्मा पेस भइसकेका १३ वटा अध्यादेशहरु निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको पनि संसद् सचिवालयले जनाएको छ। 

विशेष