News देश राजनीति

एमसीसी प्रकरणमा ओली र देउवा एकै ठाउँ, प्रचण्डलाई गठवन्धन जोगाउनै मुस्किल

एमसीसी प्रकरणमा ओली र देउवा एकै ठाउँ, प्रचण्डलाई गठवन्धन जोगाउनै मुस्किल

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रयोग गरेर नेकपा एमाले फुटाउन सफल भएका नेकपा माओवादी केन्द्रका अध्यष पुस्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता गठवन्धन जोगाउन मुस्किल परेको छ।

सत्तारुढ गठबन्धनलाई तोड्ने षडयन्त्र भइरहेको भन्दै उनले नै गठवन्धन जोगाउन सकस परेको संकेत गरेका छन् । सुरेश वाग्ले र भिमसेन पोखरेलको २२औं स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षडयन्त्र देशभित्र र देश बाहिरका प्रतिक्रियावादीहरुले गरिरहेको बताएका हुन्।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दबाब र सल्लाहमा नेकपा एमालेलाई विभाजित गराएका थिए । ०७८ साउन ३२ गते विभिन्न अध्यादेशलाई अस्तव्यस्त अवस्थामा राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अधिवेशन अन्त्य गर्दै त्यसको भोलिपल्ट नै राजनीतिक दलसम्बन्धी कानूनलाई अध्यादेशमार्फत संशोधन गरेका थिए ।

अध्यादेश ल्याएलगत्तै माधव नेपालले नेकपा एमाले र महन्थ ठाकुरले राष्ट्रिय जनता पार्टी विभाजित गरेर नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए ।

यही मेसोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले रणनीतिक रुपमा गठवन्धन फुटाउन सक्ने उनलाई आशंका छ । गठवन्धनमा एमसीसीलाई लिएर दुई खाले धारणा छन् । प्रधानमन्त्री देउवा एमसीसी संसदवाट अनुमोन गर्ने पक्षमा छन भने प्रचण्ड र नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल यथास्थितीमा अनुमोदन गर्न नहुने पक्षमा छन् ।

एमसीसी प्रकरणमा एमाले अध्यक्ष ओलीको धारणा देउवासँग मिलेको छ। उनीहरु एमसीसी अनुमोदन गर्ने पक्षमा छन् । यस विषयमा देउवाका दुत र ओली विच छलफल पनि भएको वताईन्छ। प्रधानमन्त्री देउवाले ०७८ भदौ १९ गते साँझ आफ्ना विश्वासपात्र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोटस्थित ओली निवासमा पठाएका थिए ।

देउवा र ओलीविच संसद चल्न दिने र गठवन्धनलाई पेल्ने भद्र सहमतिका विषयमा गाईगुई सुरु भएपछि प्रचण्ड झस्किएका छन् । एमसीसीकै कारण देउवा र ओली मिले गठवन्धन मुस्किलमा पर्ने उनले अनुमान लगाएको माओवादी केन्द्रका नेताहरु वताउँछन् ।

अध्यक्ष दाहालले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसीसी सम्झौंता अघि बढाउन आफूले चाहेको आफु निकट नेताहरुलाई वताउने गरेका छन् । तर, त्यस अघि नै देवाले लाईन क्रस गर्न सक्ने खतरा रहेको उनको वुझाई छ।

‘यो गठबन्धनलाई तोडने षडयन्त्र पनि भइराखेको छ, देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले गठबन्धनलाई भनेको के छ भने संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्तिको गठबन्धन भनेका छौँ। यसलाई विभाजन के गरि गर्ने ? एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि? एमसीसी भनेर ल्याइदिएपछि चाँही भनेर एकथरी लागि राख्या छन। हामी चाहिँ यथास्थितिमा एमसीसी हुन सकिँदैन भनिरा’छौँ’– उनले भनेका छन् ।

यो पनि

सांसदलाई देउवाको अंकुश– एमसीसी नवुझेकाले नवोल्नु

ओली र देउवाको भद्र सहमतिः गठबन्धनलाई पेल्ने, संसद अवरोध नगर्ने

चीनियाँ प्रायोजनमा नेपालमा विकास बिरोधी प्रोपोगान्डा

शेरवहादुर देउवा नेकपा एमाले पुस्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठवन्धन एमसीसी

विशेष