News

राष्ट्रिय सभामा पनि एमालेको अवरोध, आधा घण्टाका लागि बैठक स्थगित

राष्ट्रिय सभामा पनि एमालेको अवरोध, आधा घण्टाका लागि बैठक स्थगित

नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभाको बुधबारको बैठक पनि स्थगित भएको छ ।

राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेले वैठकमा अवारोध गरेको थियावे । प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताए ।

भट्टराईले त्यो विषय निरुपण नभएसम्म बैठक चल्न नदिने वताएपछि एमालेका सांसदहरु सिटबाट उठेका थिए ।

प्रतिनिधिसभाको समस्या प्रतिनिधिसभामा नै निरुपण हुने भन्दै अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रियसभा सञ्चालन गर्न दिन माग गरे पनि एमाले सांसदहरु सिटमा उठिरहेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।

विशेष