News

ओली भन्छन्– निष्कासन गरेका व्यक्ति उपस्थित भए संसद कसरी चल्न सक्छ ?

ओली भन्छन्– निष्कासन गरेका व्यक्ति उपस्थित भए संसद कसरी चल्न सक्छ ?

प्रमुख प्रतिपक्षी नेकपा एमालेले माधवकुमार नेपालसहित १४ जनालाई गैरसांसदको संज्ञा दिदै उनीहरु उपस्थित भए प्रतिनिधिसभाको वैठक चल्न नदिने जनाएको छ।

प्रतिनिधिसभाको बैठक आज बुधबार (२३ भदौमा) बोलाइएको छ । त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए ।

उनीहरु उपस्थित भए बैठक नै शुरु हुन नसक्ने भन्दै उनले भने, ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निष्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’ 

यदि गैरसांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भ नै हुन नसक्ने ओलीको भनाई छ। 

०७८ साउन ३२ गते विभिन्न अध्यादेशलाई अस्तव्यस्त अवस्थामा राखेर प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको अधिवेशन अन्त्य गर्दै त्यसको भोलिपल्ट नै एमाले नेता माधव नेपाललाई राजनीतिक दल गठन गर्न सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी कानूनलाई अध्यादेशमार्फत संशोधन गरेका थिए ।

राजनीतिक दलसम्बन्धी कानूनलाई पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएलगत्तै माधव नेपालले नेकपा (एकिकृत समाजवादी) गठन गरेका थिए

त्यसपछि ०७८ भाद्र २३ गतेबाट संसद अधिवेशन आह्वान गरिएको छ। सरकारले आफ्नो पार्टीलाई विभाजित गर्ने नियतले संविधानको भावना विपरीत राजनीतिक दलसम्बन्धी कानूनलाई अध्यादेशमार्फत संशोधन गरेको एमालेको ठहर छ।

नेकपा एमाले माधवकुमार नेपाल गैरसांसद प्रतिनिधिसभाको वैठक

विशेष