News

देश हितविपरित गएर एमसीसी सम्झौता अनुमोदन हुँदैनः ओली

देश हितविपरित गएर एमसीसी सम्झौता अनुमोदन हुँदैनः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश हितविपरित गएर एमसीसी सम्झौता अनुमोदन नहुने वताएका छन् । बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा ओलीले यस्तो वताएका हुुन ।

सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले एमसीसी मुलुकको हितमा नरहेको भन्दै पार्टीको धारणा मागेपछि ओलीले एमसीसीका विषयमा सबैले अध्ययन गरेपछि पार्टीले धारणा बनाउने बताए।

सांसदरुले भने एमसीसी देशको हितमा नहुने निस्कर्ष निकालेका छन् ।सांसदहरुले जबसम्म एमसीसीमा संशोधन हुँदैन, तबसम्म एमसीसी अगाडि बढाउनु नहुने धारणा राखेका थिए।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमसीसी मुलुकको हितमा नरहेको बैठकले निष्कर्ष निकालेको जानकारी दिए।  बैठकपछि उनले भने, ‘एमसीसी मुलुकको हितमा नरहेकोतथा जयसिङ धामीको घटनामा सरकारी व्यवहार भारतीयसामु लम्पसारवादी देखिएको वताए ।

‘यस्ता विषयमा एमाले मूकदर्शक बस्न अवश्य सक्दैन। आजको बैठकको निष्कर्ष यहि हो’– उनले भने ।

बैठकमा सांसदहरूले सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर चर्को आलोचना गरेका थिए। उनीहरुले संसद्मा सभामुखको राजीनामा माग्नुपर्ने धारणा राखे। बैठकमा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमालेले कारबाही गरेका १४ जनालाई संसद् बैठकमा सहभागी गराइए आफूहरु नबस्ने बताए।

केपी शर्मा ओली देश हितविपरित

विशेष