News

महेश वस्नेतले धम्की दिएका खगेन्द्र संग्रौलाका वंगारा एकै झट्कामा झर्याम् !

महेश वस्नेतले धम्की दिएका खगेन्द्र संग्रौलाका वंगारा एकै झट्कामा झर्याम् !

लेखक खगेन्द्र संग्रौलाका वंगारा झरेका छन् । सामाजिक संजाल ट्वीटर मार्फत उनी स्वयम्ले सुवास घिमिरे नामका ब्यक्तिले आफना सवै वंगारा झारिदिएको वताएका हुन ।

कस्ता–कस्ता गुण्डाले छुन नसकेको वंगारा घिमिरेले जम्मै झार्दिएको उनले वताएका छन् । वंगारा झरेका कारण ज्यानमा तागत र थकित मनमा उमंग पनि नभएको उनले लेखेका छन् । वास्तवमा उनले ओम समाज डेन्टलका डा. सुवास घिमिरे मार्फत दाँत खोलेको ट्वीटवाट वुझ्न सकिन्छन।

‘कस्ताकस्ता टोले गुण्डा, दले गुण्डा, शक्तिपिठे गुण्डा, सत्ता–पालित गुण्डा, माफिया–पोषित गुण्डा र फासीवादी गुण्डाले छुन नसक्या बङ्गारा ओम समाज डेन्टलका डा.सुवास घिमिरेले जम्मै झार्दिए’ उनले लेखेका छन्–‘मान्यवर,न बङ्गाराच्यूत ज्यानमा तागत छ, न थकित मनमा उमङ्ग छ। संसदको भाँडभैलो भाँडमा जाओस्,म सुतेँ।’

एमसीसीका वारेमा उनले अर्को टिप्पणी पनि गरेका छन् । ‘एक दृष्टिमा एमसीसीको थैलो लिए राष्ट्रवाद सत्यानाश हुने, अर्काे दृष्टिमा यो नलिए विकास सत्यानाश हुने’ उनले अगाडि थपेका छन्–‘एमसीसी चर्चा यति गिजोलियो कि यो केही नबुझिने भो। यो अज्ञानीको जिज्ञासा–दान लिइदेऊ भनेर कर लाउनु अनि दान सम्झौता संसदबाट पारित गर्न बाध्य तुल्याउनु–यो दान हो कि गलापासो?’

संग्रौलाले केही समयअघि एमाले नेता महेश बस्नेतले धम्की दिएको पनि आरोप लगाएका थिए । राजा ज्ञानेन्द्रको शासनकालमा समेत नागरिक अधिकारको लागि सडकमा आएको स्मरण गर्दै संग्रौलाले गणतन्त्रकालमा कुनै एक व्यक्तिको धम्कीले आफू प्रभावित नहुने बताएका थिए ।

काठमाडौंको चावहिल निवासी ७४ वर्षीय लेखक संग्रौलाप्रति लक्षित गर्दै एमाले नेता महेश बस्नेतले ‘अब चाबेलको भट्टीमा जाँड खाने बौद्धिकहरूलाई साइबर सेनाले तह लगाउने’ अभिव्यक्ति दिएका थिए ।

http://

 

खगेन्द्र संग्रौला वंगारा सुवास घिमिरे ओम समाज डेन्टल

विशेष