News

एमसीसीकी उपाध्यक्ष फातिमाले ओलीलाई भेट्दा भिम रावललाई छटपटी !

एमसीसीकी उपाध्यक्ष फातिमाले ओलीलाई भेट्दा भिम रावललाई छटपटी !

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहिवार एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको टोलीसँग भेटघाट गरे । 

बालकोटस्थित ओली निवासमा भएको भेटघाटमा एमसीसी अगाडि लैजाने विषयमा आफु सरकारमा हुँदा सिन्सियर प्रयास गरेको वताए । अहिले आफुहरु विपक्षमा रहेकाले सरकारको धारणा पर्खिरहेको पनि उनले जानकारी दिए ।

सरकारले एमसीसीबारे आफ्नो धारणा सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षले आफ्नो सार्वजनिक गर्ने जवाफ एमसीसीकी उपाध्यक्षको टोलीलाई दिइएको वताईन्छ। 

यही विषयलाई एमालेका उपाध्यक्ष भीम रावलले ववण्डर वनाएका छन् । ओलीलाई निवासमै गएर भेटेको विषयमा उनले आपत्ति जनाएका छन् । रावलले नचाहेको अनुदान लिनैपर्छ भनेर विदेशीले नेताहरुको घरघर पुगेर दबाब दिएको भन्दै आपत्ति जनाएका हुन् । ‘संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने, सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदा–हुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर–घर पुगेर दवाव दिने, कस्तो विडम्बना। हे आमा नेपाल नेताहरूलाई स्वाधीनता, स्वाभिमान र मर्यादाको सदबुद्धि देउ’–उनले लेखेका छन् ।  

यति मात्र होईन, एमसीसीको विरोध गर्नेलाई प्रहरीले धरपकड गरेको र वोल्न पनि वन्देज लगाएको विषयमा पनि उनले असन्तुष्टि जनाएका छन् । रावलले ट्वीटरमा लेखेका छन्–‘राष्ट्रिय हितमा शान्तिपूर्ण रूपले आवाज उठाउदै नेपालको स्वाधीनता र हित विपरीतको एमसीसी सम्झौताको विरोध गर्नेहरूलाई पक्राउ र दमन गर्नु र गृह मन्त्रालयबाट संविधान प्रदत्त वाक स्वतन्त्रता विरूद्ध वक्तव्य दिनु निरंकुश, असंवैधानिक र राष्ट्र विरोधी कार्य हो। यस्तो कार्य सरकार बन्द गरोस्।’

http://

 

विशेष