News

भारतीय नेताको नेपाल भ्रमण वाक्लियो, भाजपाका महासचिव राम माधव काठमाडौंमा

भारतीय नेताको नेपाल भ्रमण वाक्लियो, भाजपाका महासचिव राम माधव काठमाडौंमा

नेपालमा पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा) को भ्रमण वाक्लिएको छ। एमसीसीकी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आएकै वेला भाजपाका राष्ट्रिय महासचिव राम माधव काठमाडौं आएका छन् । 

उनी काठमाण्डौंमै रहेपछि भेटघाटको कार्यतालिका भने सार्वजनिक गरिएको छैन। उनी यसअघि ०७५ साउनमा पनि नेपाल भ्रमणमा आएका थिए। राष्ट्रिय स्वयंसेवक संघका राष्ट्रिय कार्यकारी सदस्यसमेत रहेका राम माधव ०७५ को भ्रमणका वेला भने विवादमा परेका थिए ।

‘नेपालले सामुद्रिक मार्गको सहज पहुँच र त्यसबाट धेरै फाइदा लिनका लागि ‘दक्षिण हेर्ने’ नीति अपनाउनुपर्छ।’ भन्दै उनले दिएको अभिब्यक्ति विवादमा परेको थियो । इन्डिया थिंक ट्यांक फाउन्डेसनका निर्देशक तथा भाजपाका विदेश विभाग प्रमुखसमेत रहेका माधवको यस पटकको भ्रमणलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ। 

नेपाल सरकारले भारतलाई तुइन घटना र हेलिकोप्टर प्रकरणका विषयमा कूटनीतिक नोट पठाएपछि बिहीबार उनी नेपाल आएको वताईन्छ। राम माधवको भ्रमण एमसीसी उपाध्यक्ष फातिमाको भ्रमण लक्षित पनि हुन सक्ने वताईन्छ। 

यसअघि भाजपाका नेता विजय चौथाइवाले पनि भदौ पहिलो साता नेपाल भ्रमण गरेका थिए । योसहित एक महिनामा नै भारतको सत्तारुढ पार्टीका प्रतिनिधी नेपाल भ्रमणमा आएको यो दोस्रो हो । 

भाजपा राम माधव

विशेष