News

गाँजा विज्ञ राजिब काफ्लेलाई रिहाई गर्न गाँजा अभियानताको माग

गाँजा विज्ञ राजिब काफ्लेलाई रिहाई गर्न गाँजा अभियानताको माग

गाँजा बैधानिक महाअभियानका बिज्ञ सल्लाहकार राजिब काफ्लेलाई गाँजासहित प्रहरीले पक्राउ गरेको भनेर झुटा समचार सम्प्रेषण गरिएको भन्दै नेपाल गाँजा बैधानिक महाअभियानको ध्यानाकर्षण भएको छ । 


गाँजा विज्ञ तथा गाँजा बैधानिक अभियानता राजिब काफ्लेलाई मंगलबारदेखि प्रहरीले हिरासतमा राखेको छ । काफ्लेलाई प्रहरीले उनले सञ्चालन गरेको बुढानिलकण्ठस्थित हिप्पी हिल रेस्टुरेण्टबाट पक्राउ गरेको नगरेको नेपाल गाँजा बैधानिक महाअभियानका संयोजक जोसेफ मदन कोइरालाले विज्ञप्ति निकालेकाछन् ।


रेस्टुरेण्टमा काम गर्ने कामदारलाई कोटेश्वर प्रहरीले पक्राउ गरेपछि काफ्ले प्रहरी वृतमा पुगेका थिए । तर प्रहरीले काफ्लेलाई समेत हिरासतमा लिएको थियो । काफ्लेलाई अहिले लागू औषध ब्युरो प्रहरीले गाँजा सम्बन्धी मुद्धामा अनुसन्धान गरिरहेको छ । 


गाँजा विज्ञ काफ्ले एचआईभी संक्रमित भएकाले नेपालको लागु औषध नियन्त्रण ऐन २०३३ मै उल्लेख गरिएर अनुसार उनले गाँजा सेवन गर्ने पाउने प्रशस्त कानुनी आधार भएको विज्ञप्तिमा उल्लेख छ । 


काफ्लेलाई गतवर्ष नेपाल सरकारले गाँजा तथा लागु औषध विज्ञको रुपमा संयुक्त राष्ट्र संघको महासभामा प्रतिनिधि बनाएर समेत पठाएको थियो । 


संयुक्त राष्ट्र संघले गाँजा लागु औषध नभएको भनेर घोषणा गरिसकेको अवस्थामा नेपालमा पनि गाँजा बैधानिक बनाएर आर्थिक विकाससँग जोड्नपर्छ भन्ने अभियान चलाईरहेका व्यक्तिलाई नै प्रहरीले मुद्धा चलाउनु न्यायोचित नभएको गाँजा अभियानता बताउँछन् ।
 

गाँजा विज्ञ राजिब काफ्ले

विशेष