News

अरनिको राजमार्ग निर्माणमा सीआरसीसी वेवास्ता, स्थानियलाई आरोप

अरनिको राजमार्ग निर्माणमा सीआरसीसी वेवास्ता, स्थानियलाई आरोप

चीनियाँ निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) र सडक डिभिजन कार्यालयको लापर्वाहीका कारण अरनिको राजमार्गको कोदारी सडक खण्डका निर्माण कार्य अलपत्र परेको छ। निर्माण कम्पनीले सन्तोषजनक काम गर्न नसकेको भन्दै सर्वसाधारणले गुनासो गरिरहेका छन्।

तर, सडक विभागले भने स्थानियको अवरोधका कारण अरनिको राजमार्ग अन्तर्गत कोदारी सडक खण्ड निर्माण गर्न नसकिएको भन्दै भ्रामक प्रचार गर्न थालेको भन्दै उनिहरु आक्रोशित भएका छन् । कोदारी तातोपानी टोल सुधार समितिका अध्यक्ष साङ्गे लामा भन्छन्–‘सडक विभागले यो कुरा कि त कसैको दवाफमा यस्तो रिपोर्टिंग गरिरहेको छ कि त उसको स्थानियहरूसँग साक्षात्कार नै भएको छैन। हामी स्थानीयहरू त राजमार्ग छिटो भन्दा छिटो कसरी सञ्चालनमा ल्याउने भन्ने पक्षमा छौ। कसरी राजमार्गलाई दिगो रूपमा निर्माण गर्न सकिन्छ भन्ने पक्षमा छौ ।आउनुस स्थानीय सरकार, सडक विभाग, सीआरसीसी, अन्य सम्बन्धित निकायहरू हामी स्थानीयहरूसँग बसौ र बहस गरौ। यो राजमार्गको लागि तपाईहरूले गर्नुभएको कार्यहरूको मूल्यांकन गरौ, स्थानीयहरूले गरिएको अनुरोध र सुझावलाई बिरोध गर्यो भनेर गलत प्रचार नगरौ।’

अरनिको राजमार्ग सहज रुपमा निर्माण सम्पन्न गर्नका लागि स्थानीयवासीकै पहलमा गत असार २८ गते सर्वपक्षिय वैठक वसेर निर्णय समेत गरिएको उनले जानकारी दिएका छन् । 

यो पनि

सिन्धुपाल्चोकको कोदारीका २५० घर पहिरोको जोखिममा, चीनियाँ कम्पनीको लापर्वाही

गाउँ जोखिममा परेको निवेदन तीन महिना अघि गाउँपालिकामा, वेवास्ता गर्दा वाँध भत्कियो

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोकमा वाढि र पहिरोको वितण्डा

चीनियाँ कम्पनी सीआरसीसीको लापर्वाहीले सिन्धुपाल्चोकको सिङ्गो वस्ति नै जोखिममा [भिडियोसहित]

सीआरसीसी अरनिको राजमार्ग

विशेष