News

अफ्गानिस्तानवाट उद्धार गरिएका ११ नेपालीसहित ३५ जना क्वारेन्टाईवाट विदा

अफ्गानिस्तानवाट उद्धार गरिएका ११ नेपालीसहित ३५ जना क्वारेन्टाईवाट विदा

अफ्गानिस्तानवाट एयर लिफ्ट गरी उद्धार गरिएका ३५ जनाले १४ दिनको क्वारेन्टाई अवधि पुरा गरेका छन् । उनीहरुलाई भारत–तिब्बती सीमा पुलिस केन्द्र (आईटीबीपी) केन्द्र, छावला क्याम्पमा राखिएको थियो ।

१४ दिनको क्वारेन्टाइन अवधि पुरा गरेपछि उनीहरुलाई विदाई गरिएको छ। ३५ मध्ये २४ भारतीय र ११ जना नेपाली नागरिक छन्। यो संगै आईटिबीपी केन्द्रवाट क्यारेन्टाईन अवधि पुरा गरेर विदा हुनेको संख्या ११३ पुगेको छ । 

सेप्टेम्बर, ०२१ मा ७८ जना व्यक्तिहरुलाई यस केन्द्रवाट विदा गरिएको थियो । जसमा ५३ जना अफगान नागरिक थिए । क्वारेन्टाइन अवधिमा आईटीबीपी सुविधाले गरेको आरटीपीसीआर परीक्षणमा सबैको कोरोना रिपोर्ट नेगेटिभ देखिएको थियो।
यो समूह २ अगस्ट, २०२१ मा अफगानिस्तानबाट एयरलिफ्ट गरी आईजीआई एयरपोर्ट, नयाँ दिल्ली बाट आईटीबीपी क्वारेन्टाइनमा पुगेको थियो ।

उनीहरुका लागि केन्द्रमा सबै सुविधाहरु सित्तैमा उपलब्ध गराईएको थियो । खाना र बस्न बाहेक, मनोरञ्जन, इनडोर खेल, वाईफाई र क्यान्टीन आदि को सुविधा प्रदान गरीएको थियो। योग र तनाव परामर्श पनि उपलब्ध गराईएको थयो ।

नयाँ दिल्लीको छावला शिविरमा रहेको क्वारेन्टाइनलाई राष्ट्रको पहिलो १ हजार वेडको क्वारेन्टाइन केन्द्र स्थापना गर्ने श्रेय दिइएको छ । जसमा बंगलादेश, चीन, म्यान्मार, माल्दिभ्स, अमेरिकालगायत ४२ जना नागरिक सहित १२०० भन्दा बढी व्यक्तिहरुलाई अलग राखिएको थियो।

अफ्गानिस्तानवाट उद्धार क्वारेन्टाईन

विशेष