News

मालदार मन्त्रायमा नेपाल र यादवको लफडा, दुवैलाई मिलाउन प्रचण्डको मध्यस्थता

मालदार मन्त्रायमा नेपाल र यादवको लफडा, दुवैलाई मिलाउन प्रचण्डको मध्यस्थता

सत्तारुढ गठवन्धनमा भागवण्डाको विषयमा पेचिलो वन्दै गएको छ। यसैक्रममा गठबन्धनका कांग्रेसबाहेक अन्य तीन शीर्ष नेताबीच सरकारमा सहभागिता र एमसीसी विवादबारे छलफल भएको छ ।

हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।

एमसीसीका सन्दर्भमा कांग्रेस र सत्ता गठबन्धनका अन्य दलबीचमै कुरा मिलेको छैन । कांग्रेस सभापति एवम प्रधानमन्त्री जसरी पनि एमसीसी पास गराउने पक्षमा छन् भने प्रचण्ड र अध्यक्ष नेपाल संसोधन पछि मात्र पास गर्नु पर्ने पक्षमा छन् ।

त्यस्तै माधव नेपाल र उपेन्द्र यादवबीच मन्त्रालय बाडफाँडमा समेत विवाद भएको छ। दुवै पक्षले मालदार मन्त्रालय आफनो भागमा हुनु पर्ने दावी पेस गरेका छन् । उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दुवै दलले दावी गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमै नेपाल र यादवबीच विवाद भएको थियो ।

प्रचण्डले यसको मध्यस्थता गरिरहेका छन् । प्रचण्डकै पहलमा आजको वार्ता भएको स्रोतले जनाएको छ ।

यो पनि

मन्त्रीपरिषद विस्तारमा सकस : मालदार मन्त्रालयमा माधव र उपेन्द्रको तानातान
 

सत्तारुढ गठवन्धन भागवण्डा एमसीसी विवाद

विशेष