News

प्रचण्डलाई गोली ठोकेका सुजित मुख्यमन्त्रीको स्वकिय सचिव !

प्रचण्डलाई गोली ठोकेका सुजित मुख्यमन्त्रीको स्वकिय सचिव !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले हत्यारालाई नै प्रमुख स्वकीय सचिव नियुक्त गरेका छन् । युवा संघका नेता प्रचण्ड थैवलाई गोली हानेर हत्या गरेको घटनामा दोषी ठहर भएर सजाय भुक्तान गरेका सुजित भनेर चिनिने खरेन्द्र विकलाई केसीले प्रमुख स्वकिय सचिव नियुक्त गरेका हुन् ।

सुजितलाई एक साता अगाडि नै नियुक्त गरिएको हो । उनी गत वर्षमात्र रिहा भएका थिए । विककी श्रीमती दीपा विक माओवादीबाट लुम्बिनी प्रदेशसभा सदस्य छिन् । 

१३ चैत ०६५ मा युवा संघ रुपन्देहीका जिल्ला सदस्य प्रचण्ड थैवलाई बुटवलमा गोली हानेको अभियोगमा दोषी ठहर भएका थिए विक । २३ असोज ०६९ मा जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीको एकल इजलासले सुजितको हत्यामा मुख्य दोषी ठहर गर्दै सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाएको थियो ।

तनहुँको खैरेनीटारका स्थायी बासिन्दा सड्कबहादुर विकका छोरा खरेन्द्र सशस्त्र द्वन्द्वको समयमा सुजित विकको नामले परिचित थिए । तत्कालीन जनमुक्ति सेनाका लडाकु विक माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसिएल) रुपन्देहीका पूर्वअध्यक्ष हुन् ।

लुम्बिनी प्रदेश कुलप्रसाद केसी प्रमुख स्वकीय सचिव प्रचण्ड थैव खरेन्द्र विक

विशेष