News

प्रधानमन्त्री र प्रचण्डभन्दा पहिला ओलीलाई भेट्दै एमसीसी उपाध्यक्ष फातिमा सुमार

प्रधानमन्त्री र प्रचण्डभन्दा पहिला ओलीलाई भेट्दै एमसीसी उपाध्यक्ष फातिमा सुमार

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले प्रधानमन्त्री र सत्ता गठवन्धनका नेताहरुलाई छोडेर पहिलो भेट प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग गर्ने भएको छ।

प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनी भक्तपुर बालकोटस्थित निवासमै पुग्ने बताइएको छ । ओलीसँगको भेटपछि उनी याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम छ ।

टोलीले शुक्रवार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट भोलि ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

चारदिने नेपल भ्रमणका लागि बिहीबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेको हो ।

कतार एयरवेजमार्फत बिहीबार बिहान काठमाडौं ओर्लिएका एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सत्ता गठवन्धन केपी शर्मा ओली एमसीसी उपाध्यक्ष फातिमा सुमार

विशेष