News

‘अनुदान दिँदा सर्त किन ?’ भन्दै सरकारले सोधेको प्रश्नको एमसीसीले जवाफ फर्कायो 

‘अनुदान दिँदा सर्त किन ?’ भन्दै सरकारले सोधेको प्रश्नको एमसीसीले जवाफ फर्कायो 

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले ‘अनुदान दिँदा सर्त किन ?’ भनेर नेपाल सरकारले सोधेको प्रश्नको उत्तर पठाएको छ । एमसीसीले अमेरिकी दूतावासमार्फत् अर्थमन्त्री जनार्दन शर्मालाई सम्बोधन गरेर नेपालले सोधेका प्रश्नहरूको जवाफसहितको पत्र पठाएको हो । 

नेपाल सरकारले एमसीसीबारे उठेका ११ सवालहरूमा प्रष्ट बनाइदिन भन्दै एमसीसीलाई पत्र पठाएको थियो । नागरिकस्तरबाट उठाइएका प्रश्नहरूसहित नेपाल सरकारले पठाएको पत्रको जवाफ फर्काउँदै एमसीसीले निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्न एमसीसी सम्झौतामा सर्तहरू राखेको बताएको छ ।

परियोजनामा विनियोजित रकमको दुरुपयोग रोक्न र पाँच वर्षभित्रै काम सिध्याउन सर्तहरू राखेको जनाउँदै परियोजना लागू भइसकेका अरू देशमा पनि सर्त र मापदण्डहरू यस्तै रहेको वताएको छ।

सम्झौताका सर्तहरूको उल्लंघन हुनेगरी अनुदान रकमको दुरुपयोग नभएमा यो रकम फिर्ता गर्न नपर्ने पनि एमसीसीले जनाएको छ ।

एमसीसीले अनुदानमा दिने भनिएको ५० करोडको कम्प्याक्ट (सम्झौता)मा अप्ठेरा र आफू हाबी हुने सर्तहरू राखेको भन्दै नेपालमा खुब विरोध भइरहेको छ । खासगरी कम्प्याक्टलाई संसदबाट पारित गर्नुपर्नेलगायतका सर्तबारे चर्को विवाद छ ।

एमसीसी

विशेष