News विदेश

काठमाडौंमा ‘विश्व हिन्दी दिवस’ मनाईयो

काठमाडौंमा ‘विश्व हिन्दी दिवस’ मनाईयो

भारतीय राजदूतावासको आयोजनामा सोमवार काठमाडौंमा ‘विश्व हिन्दी दिवस’ मनाईएको छ। सन् १९७५ जनवरी १० मा भारतको नागपुरमा पहिलो विश्व हिन्दी सम्मेलन मनाइएको थियो । त्यसपछि प्रत्येक वर्ष जनवरी १० तारिखका दिन भारत र विश्वका विभिन्न मुलुकमा रहेका भारतीय राजदूतावास एवम् उच्च आयोगहरुमा विश्व हिन्दी दिवस मनाउने गरिएको छ।

दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख श्री नवीन कुमारको अध्यक्षतामा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवसका अवसरमा दिएको सन्देश पढेर सुनाएका थिए ।

भारतका विदेश राज्यमन्त्री श्रीमती मीनाक्षी लेखीले विश्व हिन्दी दिवसको अवसरमा दिएको सन्देश तथा शुभकामना भिडियो मार्फत प्रस्तुत गरियो । नेपालका वरिष्ठ हिन्दी साहित्यकार रामदयाल राकेश कार्यक्रमको मुख्य अतिथि र नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषदका सदस्य प्रा डा उषा ठाकुर विशिष्ठ अतिथिको रुपमा उपस्थित थिए ।

भारतबाट आएका कवी सुदिप भोला, विनित पाण्डे र अभिषेक त्रिपाठीले कविता वाचन गरे। कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका १२ जना विद्यार्थीले हिन्दी कविता वाचन गरे जसका लागि उनीहरुलाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा हिन्दी मासिक पत्रिका ‘द पब्लिक’ का सम्पादक वीणा सिन्हाद्वारा लिखित लघुकथा संग्रह ‘सुनसान गल्लीहरु’, ‘द पब्लिक’ पत्रिका र नेपालका हिन्दी साहित्यकार करुणा झाको कविता संग्रहको विमोचन गरिएको थियो । 

कार्यक्रममा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका विद्यार्थीहरुले गीत प्रस्तुत गरे । 

विश्व हिन्दी दिवस

विशेष