News

लायन्स क्लव र भोमी अस्पतालद्धारा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण 

लायन्स क्लव र भोमी अस्पतालद्धारा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण 

लायन्स क्लव र भोमी अस्पतालको आयोजनामा साहारा जेष्ठ नागरिक समाजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब काठमाडमौं सोसियल फ्रेण्ड, लायन्स क्लब काठमाडौं युनाइटेड सेन्ट्रल र भोमी अस्पताल संयुक्त आयोजनामा काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित साहारा जेष्ठ नागरिक समाजमा रहेका बृद्धबृद्धाहरुको निशुल्क स्वास्थ चेकजाँच गरिएको हो । 

२०७० सालामा स्थापना भएको उक्त संस्थामा ६० बर्ष भन्दा माथिका बृद्धबृद्धाहरु छन् । उक्त समाजमा रहेका बृद्धबृद्धाहरुको जनरल चेकअप, सुगर जाँच, फिजियोथेरापी परामर्श, ब्लड प्रेसर, पिसाब जाँच र निशुल्क इसीजिको चेक जाँच गरिएको हो । लायन्स क्लब काठमाडौं र भोमी अस्पतालको सहकार्यमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविरमा ९५ जनाले स्वास्थ्य चेकजाँच गरेका थिए । 

दैनिक रुपमा भजन कृतन गरेर मनोरञ्जनात्क कार्य गर्ने गरिएको साहारा जेष्ठ नागरिक समाजका महासचिवभुषणकुमार श्रेष्ठले जानकारी दिए । साथै जन्मदिन र बैवाहिक जीवनमा बाधिएको अवसरमा पनि त्यहाँ कार्यक्रम मनाउने गरिएको उनले बताए । 

भोमी अस्पताल म्यानेजर राजेश कुमार शाहीका अनुसार शिविरको आयोजना गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा यस्ता कार्यक्रममा सहयोग पुग्ने छ । त्यस्तै, भोमी साहारा कार्ड बितरण गरेको उनले बताए । भोमी साहारा कार्डमा निशुल्क एम्बुलेन्स, निशुल्क चेकअप, निशुल्क परामर्शर अन्य सेवामा विशेष छुट दिने अस्पतालले जनाएको छ । 


यस्तै लायन्स क्लब काठमाडौं सोसियल फ्रेण्ड्सकीअध्यक्ष चन्द्र श्रेष्ठले नगद सहयोग गरेकी छिन् । अध्यक्ष श्रेष्ठले साहारा जेष्ठ नागरिकसमाजमा रहेका बृद्धबृद्धाहरुको लागि खाजा खर्चमा सहयोग पुगोस भनेर नगद सहयोग गरेकी हुन् । उनले साहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरत शर्मालाई १० हजार रुपैयाँ नगद हस्तान्तरण गरिन् । 


काभ्रेको पनौति नगरपालिका १० खोपासी स्थित श्रीराम माविका पूर्व विद्यार्थी रोशन कुमार श्रेष्ठ र भूषण कुमारश्रेष्ठले विद्यालयलाई डस्टविन र शैक्षिक सामाग्री सहयोग गरेका छन् । रोशन र भूषण दुवै जना दाजुभाई हुन् । उनीहरु श्रीराम माविका पूर्व विद्यार्थी हुन् ।

डस्टविन र शैक्षिक सामाग्री हस्तान्तरण गर्दै रोशन श्रेष्ठले विद्यालय परिषरमा हुने फोहोर व्यवस्थापनका लागि सहयोग पुग्ने बताए । उनले आफूले पढेको विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि सहयोग गर्ने विश्वास ब्यक्त गरे । 

भूषण श्रेष्ठले आगामी दिनमा विद्यालय परिसरमा विद्यार्थीहरुका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरे । 

रोशन कुमार श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेण्ट्रलका अध्यक्ष हुन भने भूषण कुमार श्रेष्ठ लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेण्ड्सका अध्यक्ष हुन् । 

श्रीराम माविका प्रधानाध्यापक उत्तम ताम्राकारलेडस्टविन तथा शैक्षिक सामाग्री ग्रहण गर्दै दुबै जना दाजुभाईलाई धन्यबाद दिए । डस्टविनले विद्यालयको सरसफाइमा टेवा पुग्ने र शैक्षिक सामाग्रीलेविद्यालयमा आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीलाई शिक्षा आर्जनमा सहयोग पुग्ने उनले बताए । उनले यो सहयोगले सम्बन्ध पनि बलियो बन्ने विश्वास ब्यक्त गरे । 

श्रीराम माध्यामिक विद्यालय वि.स.२००८ सालमा स्थापना भएको हो । विद्यालयले विगत समयदेखि काभ्रेको शिक्षामा सहयोग पुर्याउँदै आएको छ । 


 

लायन्स क्लव भोमी अस्पताल

विशेष