News कर्पोरेट

आनन्द वतासको आरोपः मन्त्रीले स्टन्ट देखाउन ३ करोडको क्षती गरे

आनन्द वतासको आरोपः मन्त्रीले स्टन्ट देखाउन ३ करोडको क्षती गरे

गैरकानुनी हिसावमा सेटिङ मार्फत नारायणहिटी दरवार संग्रहालय कब्जा गर्न खोजेको आरोप लागेको लामो समयपछि बतास समुहका अध्यक्ष आनन्द वतासले त्यसको विषयमा वास्तविक्ता सार्वजनिक गरेका छन् ।

एउटा अन्तर्वाताका क्रममा उनले पर्यटन मन्त्री प्रेम आलेले स्टन्ट देखाउन खोज्दा आफुलाई समस्यामा पारिएिको वताए । ‘हामीले नियमअनुसार गरेको ठाउँमा वहाँले आएर यसरी गर्नु भयो। के कारणले गर्नु भयो भनेर माननिय मन्त्री ज्यूलाई सोध्नु पर्यो । म मन्त्री ज्यूलाई ब्यक्तिगत रुपमा चिन्दिन पनि र आजसम्म भेटेको पनि छैन’ उनले भने–‘तर, ब्यवहारमा वहाँले स्टन्ट देखाउन खोज्नु भयो, मिडियामा चर्चित हुन खोज्नु भयो। नारायणहिटी दरवार संग्रहालय जनताको पनि सेन्टिमेन्ट रहेको ठाउँ हो। यसमा हिट गर्दाखेरी धेरै राम्रो हुन्छ भन्ने लाग्यो वहाँलाई ।’

मन्त्रीले कुन उदेश्यले यसो गरे भन्ने अन्य विषय आफुलाई जानकारी नभएकाले स्टन्ट देखाउनका लागि नै यो झमेला खडा गरिएको आफुलाई लागेको दाबी गरेका बतासले अन्य ब्यक्तिलाई यसमा मुछ्नु पनि आश्चर्य जनक भएको वताए । ‘किन गर्नुभो, कसो गर्नु भो मलाई थाहा छैन। तर, जे काम भईरहेको छ, जसरी भईरहेको छ। त्यो गैरकानुनी हिसावबाट प्रतिसोध देखिन्छ त्यहाँ’ उनले थपे–‘यसमा योगेश भट्टराईको कुनै पनि कारण छैन, कुनै दोस छैन। नारायणहिटी क्षेत्र ब्यवस्थापन समितिको अध्यक्ष नै पर्यटन मन्त्रालयको सचिव हुन्छ। यसमा वेकारमा योगेश भट्टराईलाई मुछेको देख्दा मलाई अचम्म लाग्छ।’

नारायणहिटी दरवार संग्रहालयले क्यान्टिन संचालनका लागि ५ वर्ष अगाडि नै विल्डिङ वनाई सकेको र त्यसैमा केही विल्डिङ थपेर आफुले क्याफे र रेस्टुरेन्ट सञ्चालन गर्न खोजेको पनि उनले वताए । ‘त्यो विल्डिङमा हामीले क्याफे र रेष्टुरेन्ट चलाउने। प्लस त्यसमा ठाउँ पुगेन भने अरु वनाउने भनेको हो। हामीले त्यहाँ यो–यो वन्दैछ, यो डिजाईनमा वन्दैछ, यती लागतमा वन्दैछ भनेर निवेदन दिएका छौं। सोही अनुसार वनेको हो’ उनले भने–‘यो वनेको त ८ महिना अगाडि हो, भत्काउनु पर्ने त ८ महिना अगाडि नै थियो। आज आएर किन भत्काईयो ? यो गैरकानुनी ढंगबाट भत्काईएको छ मन्त्रीको मौखिक तोक आदेशमा।’

आफुहरु त्यसरी गलत प्रकृयाबाट जान नसक्ने भन्दै उनले अव कानुनी प्रकृयाबाट अगाडि वढ्ने वताए । ‘अव यो बद्लिदो परिस्थितीमा हामी इमान्दारसँग काम गर्छु भनेको, काम गर्न नपाएको स्थितीमा हामीलाई नारायणहिटी दरवार संग्रहालयको क्यान्टिन चलाउन दिए पनि चाहिदैन। हाम्रो लगानीको क्षतिपुर्ती दिए हुन्छ। हामीलाई चाहिँदैन।’– उनले भने। 

संग्रहालयभित्र तयार भएको संरचना वनाउन करिव तीन करोड रुपैयाँ लगानी भईसकेको उनले वताए । उनले भने– ‘मन्त्री आले हो वा नारायणहिटी क्षेत्र ब्यवस्थापन समिति दिने हो, त्यो चै सरकारले जानोस। हामीले सम्झौता गरेको चै नारायणहिटी ब्यवस्थापन समितिसँग हो, हामी कानुनी रुपमा वहाँसँग दावी गर्छौ ।’

तीन ओटा आफै कम्पनीले टेन्डर भरेर मिलेमतोमा संग्रहालय कब्जा गर्न खोजेको विषयमा भने उनले असहमती जनाए । ‘तीनटा कम्पनी मिलेर सेटिङमा लिएको भन्ने कुरामा मेरो विमती छ। सुचना निकालेको ३५ दिनसम्म कुनै कम्पनीले भाग लिएन। १५ दिनको फेरी म्याद थपियो। म्याद थपिएपछि मैले थाहा पाए। मैले हाले, अर्को कम्पनीले पनि हाल्यो। म चिन्दिन त्यो मान्छेलाई’ उनले थपे–‘दुईटा मात्र कम्पनी पर्दा खेरी मिलेमतो हुन्छ, तपाईहरुले अरु कम्पनीलाई पनि हाल्न लगाउनु पर्यो भन्ने कुरा अनौपचारीक रुपमा आयो। कुरा ठिक लाग्यो हामीलाई पनि । दुईटा मात्रै कम्पनीले हाल्ने अनि बी म्यानेजमेन्टलाई पर्दाखेरी मिलेमतो हुन्छ भनेर अर्को कम्पनी खोज्ने क्रममा अव कस्लाई भन्न जाने ? आखिरमा मेरो पनि धेरै–थोरै लगानी भएको अरु कम्पनीबाट हालेको हो।’

त्यही कदम चै दुर्भाग्यपूर्ण सावित भएको उनले वताए । ‘दुर्भाग्य के भयो भने, वरु त्यो दुईटा कम्पनीबाट प्रतिस्पर्धा भएर एउटाले पाएको भए राम्रो हुन्थ्यो’ उनले भने–‘तर, यहाँ त्यो प्रतिस्पर्धा देखाउनका लागि चाहीँ अरु कम्पनीको हाल्दाखेरी सेटिङ देखियो।’ 

संग्रहालयभित्र एक वर्ष अगाडि नै टेन्डर भएको र ८ महिना अगाडिदेखि काम सुरु भएको वताएका उनले सरकार परिवर्तन भएपछि कुन उदेश्यले यो सवै वखेडा झिकियो भन्ने कुरा सरकारले नै जान्नु पर्ने प्रतिक्रिया दिए । यसमा केही सामाजिक र केही पोल्टिकल पुर्वाग्रह देखिएको उनले दावी गरे । पाटन दरवार संग्रहालय भित्र समिट होटलले दशौँ वर्षदेखि रेष्टुरेन्ट चलाईराखेको विषयमा कसैले नवोलेको तर, आफनो विषयलाई चर्चामा ल्याएको भन्दै उनले गुनासो गरे।

नारायणहिटी दरवार संग्रहालय आनन्द वतास

विशेष