News समाज स्वास्थ्य

पराजुलीले जन्माइन तिम्ल्याहा सन्तान

पराजुलीले जन्माइन तिम्ल्याहा सन्तान

झापामा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छिने । झापाको हल्दीबारी–२ की नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्।

तिम्ल्याहा शिशुमध्ये दुई छोरा र एक छोरी छन्। पहिलो जन्मिएको बच्चाको तौल २.२ किलो छ। दोस्रो बच्चाको तौल १.६ र तेस्रो बच्चाको तौल २ किलो रहेको जनाईएको छ।

बिहीबार साँझ झापाको बिर्तामोडस्थित मनमोहन अस्पतालमा तिम्ल्याहा शिशुको जन्म भएको हो । डेढ घण्टा लामो शल्यक्रियापछि ती शिशु जन्मिएका हुन् ।

सुरुमा पटक पटक बच्चा खेर जाने समस्या देखिएपछि चिन्तित भएका नेत्रमाया र उनका श्रीमान् सन्तोस पराजुली एकवर्ष अघि मनमोहन अस्पतालको सम्पर्कमा आएका थिए । बच्चा खेर जाने समस्यापछि बच्चा नबस्ने अर्को समस्या थपिँदा दम्पति झन् चिन्तित भएका थिए ।

मनमोहन अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एकराज गौतमले पाठेघरको जाँचपछि नेत्रमायाको औषधि उपचार सुरु गरेको थिइन् ।

निरन्तरको जाँच र चिकित्सकीय निगरानीपछि ३५ सातामा शल्यक्रिया गरी बच्चा निकालिएको हो । डाक्टर गौतमका अनुसार तीनै जना बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।
 

तिम्ल्याहा सन्तान

विशेष