News स्वास्थ्य

मेडिकल कलेज माफियाले चलाईरहेका छन्ः सुभाष ढकाल

मेडिकल कलेज माफियाले चलाईरहेका छन्ः सुभाष ढकाल

हिन्दु अधिकारकर्मी सुभाष ढकालले नेपालको मेडिकल शिक्षा ट्यापे, मेन्द्रे र माफियाको हातमा पुगेको वताएका छन् । नेपाल आजसँगको कुराकानीका क्रममा उनले मेडिकल कलेजका सञ्चालकहरुको ब्यवहार र उनीहरुको भाषा सन्दा मेडिकल शिक्षाको माफियाकरण भईरहेको वताए ।

‘मेडिकल कलेज अहिले कस्तो भयो भने लगभग चुल्ठे, मुन्द्रे, ट्यापेहरु नै हुन की भनेजस्ता मान्छेहरुबाट सञ्चालन हुन थाल्यो। वहाँहरु/सञ्चालकहरुको भाषा देखिर यस्तो लागिरहेको छ। कलेजमा आएको समस्याका विषयमा पढेलेखेको र विज्ञ मान्छेलाई किन डिल गर्न दिईदैन। किन आफै पाखुरा सुर्कनु हुन्छ ?’ उनी भन्छन्–‘यो देख्दा कस्तो लाग्छ भने–मेडिकल कलेजको विवाद भनेको धेरै ठुलो पैसा कमाउन पाउनु पर्ने र त्यो पैसा सप्पै ह्वाईट मनी हुनु पर्ने कुरामा केन्द्रीत छ।’

०५०।०५१ सालतिर भारतबाट आएका ब्यक्तिले आफनो छोरा/छोरीलाई कलेजमा भर्ना गरिदिएको रसिद मात्रै दिए ५ लाख रुपैयाँ दिने भन्दै आउने गरेको स्मरण गर्दै उनले अहिले पनि मेडिकल कलेजहरुमा त्यस्तो ब्यापार हुने गरेको विषयमा आशंका ब्यक्त गरे । ‘त्यो ५ लाख रुपैयाँ चै दहेज रहेछ। छोरीको एड्मिसन कलेजमा भयो मात्रै भने मेरी छोरी डाक्टर पढ्दैछ, मैले एड्मिसन गरिसकें भन्ने। यति भनिसकेपछि ज्वाईलाई दिने दहेजको कम हुने रहेछ। केटो मान्छे रहेछ भने ससुरालिबाट लिने दहेजको भाउ वढ्यो’ उनले भने– ‘मेडिकल कलेजमा त्यो खेलपनी मैले देखेको छु। आज काठमाण्डौ मेडिकल कलेज वा अरु मेडिकल कलेजहरुले जुन किसिमको वजार विस्तार गरिरहेका छन्। यिनीहरुलाई कुनै न कुनै रुपबाट राज्यले नियमन गर्न सकेन भने माफिया भनेको त्यही हो।’ 

विरामीलाई दिनुपर्ने र विद्यार्थीलाई दिनुपर्ने छुट समेत यस्ता कलेज र अस्पतालले नदिने गरेको उनको दावी छ। ‘विरामीलाई निश्चित प्रतिशत छुट दिनुपर्छ भन्ने छ, विरामीहरुलाई सहुलियत दिने कुरा छ, विद्यार्थीको मात्रै समस्या होईन, अस्पताल पनि हेरौं। मेडिकल काउन्सिलको मापदण्ड पुरा भएका छैनन, सवै कुरा हचुवाको भरमा भएको छ’ उनी थप्छन्–‘एमविविएस पढाउन शिक्षा मन्त्रालयबाट अनुमति लिने अनि नर्सिङ्ग, विए्स्सी नर्सिङ्ग, एचए लगायत हरेक फ्याकेल्टि चलाउने गरेको पनि देखिएकै छ।’ 

मेडिकल कजेलहरुले विरामीबाट, सुतेको मान्छेबाट, खानाबाट, दबाईबाट, विद्यार्थीबाटलगायत हरेक कुरामा पैसा उठाईरहेको पनि उनले वताए । ‘वहाँहरुलाई एम्वुलेन्स किन्न सरकारले भन्सार सुविधा दिएको छ, तर विरामीलाई वहाँहरुले सुविधा दिनुहुन्न। ३० प्रतिशत वेड पब्लिकलाई सर्भिसमा दिनुपर्छ भनेको छ, तर दिदैनन्। मेडिकल कलेजहरुले विद्यार्थीहरुलाई १० देखि २० प्रतिशत छुट दिनुपर्छ भनेको छ, तर दिदैनन्। सवै हिसाव किताव गन्जागोल छ। मन्त्रालयका केही कर्मचारीलाई प्रभावमा पारेर सवै कुरा मिलाईन्छ। अव माफिया हुनको लागि के गर्न वाँकी छ।’

माफिया मेडिकल कलेज

विशेष