News अर्थ कर्पोरेट रोजगार

चीनियाँ नागरिकले किन कुट्छन् नेपाली चालक ?

चीनियाँ नागरिकले किन कुट्छन् नेपाली चालक ?

चीनका विभिन्न व्यापारिक नाकामा सामान लिन जाने ब्यापारी माथि चीनियाँ नागरिक तथा प्रशासनले दुब्र्यवहार गर्ने र कुटपिट गर्ने गरेका छन। चीनियाँहरुले नेपाली नागरिक माथि अत्यन्तै तुच्छ अभद्र व्यवहार गर्ने गरेका छन् ।

नेपाल भुभागको हिसाबको सानो, गरिब र अल्पविकसित छ। यसैका कारण व्यावापार÷व्यवसायका लागि चीनको भर पर्नु पर्ने अवस्था छ। त्यसको फाईदा उठाउँदै चीनियाँहरुले नेपाली प्रति थिचोमिचो गर्ने गरेका छन । राजनैतिक अस्थिरताका कारण पनि चीनको हेपाइ नेपाल प्रति बढदोे छ ।

नेपाल–चीन जोडने रसुवागढी नाका मुख्य व्यापारिक नाका हो । कोरोना संक्रमण पुर्व यो नाका भएर दैनिक ३०० देखी ४०० वटा  ट्रक तथा कन्टेनरमा सामान आयात हुने गरेको थियो । तर, त्यसपछिको कालखण्डमा भने यो नाकामा समस्या छ । कोरोना संक्रमणको वहानामा चीनले नाकामा अवरोध गरिरहेको छ। 

यतिमात्रै होईन, नेपाली नागरिकमाथि चीनियाँ नागरिक र सुरक्षाकर्मीले दुव्र्यवहार गर्ने गरेका छन । चीनियाँ प्रशाशन दैनिक जसो नीति÷नियम परिर्वतन गरिरहन्छ । सामान लिन जाने नेपालका गाडि चालकलाई त्यहाँको नीती÷नियम बारे जानकारि दिइदैन पनि । नियम उलंघन गरेको आरोपमा नेपाली गाडी चालकलाई कुटपिट गरिन्छ।। भाषाको ज्ञान नहुँदा चीनियाँ नागरिकले भनेको नेपालीले बुझदैनन् । त्यसैले पनि नेपाली माथि दुव्र्यवहार गर्ने गर्दछन–चीनियाँहरु । प्रवेश पास पाएका नागरिकलाई समेत नाकामा प्रवेश गर्न अवरोध गरिन्छ। चालकले पाएको प्रवेश पास च्यातिदिने गरिएको छ। 

गाडी चालकलाई लाइनमा बस्दा समेत बिनाकसुर कुटने÷पिटने गरिन्छ। नाकामा सामान लिन पुगेका एक चालकका अनुसार उनलाई चीनियाँ सुरक्षाकर्मिले कुटपिट गरेका थिए । उनीहरुले भनेको कुरा आफुले नवुझ्दा दिनभरी नाकामा रोकेर राखेको र दुब्र्यवहार गरेको उनको भनाई छ। उनका अनुसार सुरक्षाकर्मीले कुटेर धेरै चालक अस्पताल नै भर्न भएका छन् । 

रसुवागढी नाकामा नेपाली नागरिक माथि गरिने व्यवहार वर्णन गरिनसक्नु भएको ति चालक बताउँछन् । नाकाबाट चीनतर्फ छिर्ने वित्तिकै नेपाली नागरिकले चीनीयाँवाट नागरिकको दुब्र्यवहार खेप्नु पर्छ। चीनियाँ सुरक्षाकर्मीले नेपाली गाडी चालकको कुटेर आँखै फुटाइदिएका घटना पनि छन । आँखा फुटाइदिएपछि नेपाली पक्षले आन्दोलन समेत गरेका थिए ।

नेपालीहरुको आन्दोलनपछि चीनियाँ प्रशासनले ति चालकको उपचार गराएको थियो भने घट्नका विषयमा माफी मागिएको थियो।

होउ यान्छी चीनियाँ कब्जा चीनियाँ नाकाबन्दी गो ब्याक चाईना सीमा अतिक्रमण

विशेष