News

नागार्जुनबाट सिंहदरवार पुग्न ज्ञानेन्द्रले लगाए डेढ दशक

नागार्जुनबाट सिंहदरवार पुग्न ज्ञानेन्द्रले लगाए डेढ दशक

नेपालमा गणतन्त्र आएको र राजसंस्था हटेको करिव डेढ दशकपछि पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्ती/ राष्ट्रिय एकता दिवसमा सरिक भएका छन् । उनले ३००औं पृथ्वी जयन्तीका अवसरमा मंगलवार सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका गरे।

उनको यो कमको चर्चा र आलोचना दुवै भईरहेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई यत्रो वर्षसम्म पृथ्वीजयन्तीमा सहभागि हुने कुराको हेक्का किन भएन भनेर प्रश्न पनि उठिरहेका छन् । अरुणकुमार सुवेदी नामका ट्वीटर प्रयोगकर्ताले लेखेका छन्–‘गणतन्त्र आएको डेड दशकपछि विस्थापित महाराज राष्ट्रिय एकता दिवस/पृथ्वी जयन्तीमा पृथ्वी शालिकमा माल्यार्पण गर्न आफै जाने समाचार स्वागतयोग्य। यस्तो विषय महाराजमा पहिले सुझेन ? सुझेको पत्तो हुने कुरा भएन । तर, यत्रा भाडिम परिबृत्तिय पात्रहरुले सुझाए कि नाइ? नत्र यत्रो समय किन लाग्यो? जिज्ञासा।’

समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा माल्यार्पण गरेका थिए। ज्ञानेन्द्रले माल्यार्पण गरिरहँदा समर्थकहरुले भने ‘गणतन्त्र मुर्दावाद, हाम्रो राजा हाम्रो देश, चाहियो चाहियो। राजा चाहियो। यो व्यवस्था चाहिँदैन’ लगायतका गणतन्त्र विरोधी नारा लगाए।

उनीहरुले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।


 

ज्ञानेन्द्र शाह राष्ट्रिय एकता दिवस पृथ्वी जयन्ती

विशेष