पृथ्वीनारायण शाहको फोटो नै काल्पनिक !

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज पनि विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यो वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती हो। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो ।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएपछि उनले ५२ टुक्रामा विभाजित राज्यलाई विशाल नेपालका रुपमा एकिकरण गरे। उनको शासन कालामा नेपालको सिमाना पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म फैलिएको थियो ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे र त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गरेका थिए । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
पृथ्वीनारायणको निधनपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । तिनै राष्ट्रनिर्माता पृथ्वीनारायणको सम्मानमा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा उनको जन्मजयन्ती मनाउने गरिएको हो।
पृथ्वीनारायण शाह भन्नासाथ सवैको दिमागमा आउने पहिलो आकृति हो– दौरासुरवालमा पटुका वाँधेर खुकुरी भिरेको, तरवार र ढाल वोकेको तथा श्रीपेचसहित चोर औंला ठड्याएको फोटो। पृथ्वीनारायण शाहलाई चिनाउने यही आकृतिका सालिक र फोटो जताततै भेटिन्छन् । तर, यो औंला ठड्याइरहेको चित्र कसरी वन्यो, चोर औंलाको अर्थ के हो ? लगायतका विषयमा धेरैलाई जानकारी नहुन सक्छ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत रही सकेका कलाकार केके कर्माचार्यका अनुसार पृथ्वीनारायण शाहका दुई वटा तस्विर अहिले चर्चामा छन् । पहिलो तस्बिर इतिहाँसकार बाबुराम अचार्यले फेला पारेका हुन भन्ने भनाई छ। जुन तस्विरमा पृथ्वीनारायण शाह फूल समाएर सिंहासनमा वसेका छन् । उनको त्यो चित्रमा बायाँ साइडको मात्र अनुहार देखिन्छ। यो चित्रमा देखाइएको श्रीपेचको डिजाइन गोरखाकै हो। यो चित्र नै पृथ्वीनारायण शाहको अहिलेसम्म फेला परेको सवैभन्दा पुरानो फोटो हो । यो चित्र कस्ले वनायो भन्ने पनि अहिलेसम्म जानकारीमा छैन।
महेन्द्र राजा भएपछि पृथ्वीनारायण शाहको चित्रको खोजी हुदा त्यही फूल भएको मात्र फेला पर्यो । महेन्द्रले यो चित्र परम्परागत भयो, प्रभावकारी भएन भनेपछि राज्य एकीकरण गरेका राजालाई फरक रुपमा प्रस्तुत गर्दा अहिलेको चलनचल्तीको फोटो वनेको हो। यो फोटोको डिजाईन कर्माचार्यले नै गरेका हुन ।
२०२४ सालतिर पृथ्वीनारायण शाहको हुलाक टिकट निकाल्ने क्रममा अहिलेको चित्र तयार भएको कर्माचार्यले वताएका छन् । कर्माचार्यलाई उध्रित गर्दै कान्तिपुर अनलाईनले पनि केही समय अगाडि यो फोटोको चर्चा गरेको छ।
त्यसवेला दरबारका सबै चित्र अमर चित्रकारले वताउँथे। पृथ्वीनारायणको नयाँ चित्र बनाउन सरकारले निर्देशन दिएपछि राज्य एकिकरण गरेका राजालाई लडाकु, बहादुर, हृष्टपुष्ट र फुर्तिलो देखाउन अहिलेको चित्र वनाईएको उनी वताउँछन् ।
यो फोटोमा राजालाई हातहतियारसहित श्रृंगारिएको छ, आभूषण, बहादुरीपन छ र सवैभन्दा महत्वपूर्ण कुरा चोर औला ठड्याईएको छ। चोर औला राख्नुको अर्थ ‘यो राजाले एकीकरण गरेको हो भन्ने कुरा देखाउनु’ हो।
औलाको एउटै मात्र सन्देश हो– राज्य एकीकरण । यही अर्थ वुझाउन आफुले राजाको फोटोमा औला थपिदिएको उनी वताउँछन् ।
सैनिकलाई हौसला प्रदान गर्न र देशप्रेमले ओतप्रोत वनाउन यो फोटोको परिकल्पना गरिएको कर्माचार्यको भनाई छ। उनका अनुसार यो फोटो राजा यस्तो हुनुपर्छ भनेर कल्पना गरेर बनाइएको हो ।
पृथ्वीनारायण शाह जन्मजयन्ती राष्ट्रिय एकता दिवस