News

राष्ट्रिय एकता अभियानले चीनियाँ राजदूतको पुतला जलायो

राष्ट्रिय एकता अभियानले चीनियाँ राजदूतको पुतला जलायो

राष्ट्रिय एकता अभियानले मंगलवार नेपाल स्थित चीनियाँ राजदुत होउ यान्छीको पुतला जलाएको छ। चीनको हस्तक्षेप र नाकावन्दीको विरोध गर्दै जनकपुरमा आयोजित प्रदर्शनका क्रममा राजदुत यान्छीको पुतला जलाईएको हो ।

जनकपुरको जनकचौकमा आयोजित प्रदर्शनमा राजदूत यान्छी विरूद्ध चर्को नाराबाजी गरिएको थियो। अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चीनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाई सूचारु गर लागयतका नारा लगाएका थिए।

राष्ट्रिय एकता अभियान धनुषाका जिल्ला संयोजक मनिष पुर्बेको नेतृत्वमा प्रदर्शन गरिएको हो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। 

पछिल्लो समय नेपालमा चीनियाँ हस्तक्षेप बढिरहेको छ। चीनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकारहरु बताउँछन् ।

यसैगरी, कोरोनाको वहानामा चीनले गरेको अघोषित नाकाबन्दीका कारण नेपाली ब्यापारीहरु विस्थापित हुने अवस्था छ। तर, सरोकारवाला र राज्यका संयन्त्र गैरजिम्मेवार हुँदा उनीहरुको समस्या समाधानको पहल समेत हुन सकेको छैन। भारतिय नाकाबन्दीका समयमा चर्का नारा लगाउने र भाषणबाजी गर्नेहरु अहिले चीनले गरेको नाकावन्दीका विषयमा मौनता साँधेर वसेको भन्दै ब्यापारी÷ब्यवसायीहरु रुष्ट छन्।
 

विशेष