News मुख्य समाचार देश

काठमाडौँमा चिनियाँ हस्तक्षेपविरूद्ध प्रदर्शन

काठमाडौँमा चिनियाँ हस्तक्षेपविरूद्ध प्रदर्शन

काठमाडौं। स्वतन्त्र नागरिक समूहले चिनियाँ हस्तक्षेपविरूद्ध काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघरमा भएको प्रदर्शनको क्रममा चीनविद्ध चर्को नाबाबाजी लगाइएको थियो । 

प्रदर्शनमा सहभागीहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर लागयतका नारा लगाउँदै प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्। रसुवा र तातोपानी नाकामा चीनले गरेको अघोषित नाकाबन्दीविरुद्ध नागरिक समूहले प्रदर्शन गरेको प्रदर्शनमा सहभागी रामु लामाले बताए । 

उनले भने,‘ उत्तरी जिल्लाका विभिन्न स्थानमा नेपालको भूमि चीनले अतिक्रमण गरेको छ र नेपाली विद्यार्थीलाई चीन प्रवेश गर्न नदिएर उनीहरुको भविष्यमाथि खेलवाड गरेकोले विरोध प्रदर्शन गरिएको हो ।’ प्रदर्शनमा करिब ४० जनाको सहभागिता रहेको थियो ।

पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महशुस हुन थालेको छ। चिनिया राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ।

विशेष