News मनोरञ्जन

इण्डियन आइडल पवनदीप राजन काठमाडौं आउन नपाउने !

इण्डियन आइडल पवनदीप राजन काठमाडौं आउन नपाउने !

इण्डियन आइडल पवनदीप राजन काठमाडौं आउन नपाउने भएका छन् । पुस ३० गते हुने भनिएको उनको कार्यक्रम रद्ध भएपछि उनी नेपाल आउने योजना पनि स्थगित भएको हो ।

इण्डियन आईडल २०२१ का विजेता पवनदीप पुस ३० गते हायात रेजेन्सी  र माघ १ गते ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी)को कार्यक्रममा सहभागि हुन नेपाल आउन लागेका थिए । तर, कोरोना संक्रमण बढेसँगै कार्यक्रम स्थगित भएको आयोजकले जनाएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो सूचना अनुसार कार्यक्रम स्थगित गरिएको आयोजकको भनाइ छ। कोरोना संक्रमण बढ्दै गएपछि भीडभाड हुने सभा सम्मेलन, कार्यक्रम धमाधम स्थगित भइरहेका छन्।

अर्को सूचनापछि मात्र कार्यक्रमको तयारी हुने आयोजकले जनाएका छन् । 
 

पवनदीप राजन

विशेष