News मनोरञ्जन

बलिउड फिल्ममा अभिनय गर्दै विपिन , अनिल कपुर र रणविर कपुर सँग स्क्रिन सेयर गर्ने

बलिउड फिल्ममा अभिनय गर्दै विपिन , अनिल कपुर र रणविर कपुर सँग स्क्रिन सेयर गर्ने


अभिनेता विपिन कार्कीले बलिउड फिल्ममा अभिनय गर्ने  भएका छन् । बलिउड फिल्म ‘एनिमल’ मा उनि अनुबन्ध भएको बुझिएको छ । साउथ फिल्म ‘अर्जुन रेडडी’ तथा हिन्दि फिल्म ‘करिब सिंह’ को निर्देशक सन्दिप रेड्डी भांगाले निर्देशन गरिरहेको उक्त फिल्म मल्टिस्टारर फिल्म रहेको छ । फिल्ममा बलिउडका दुई सुपरस्टार रणविर कपुर र अनिल कपुर मुख्य भुमिकामा रहेका छन् भने बबि देओल र परिनीति चोपडाको पनि अभिनय रहेने छ । 

निर्माण टिमले विपिनलाई अगस्टमा फिल्म सुटिङका लागि बोलाएको जनाएका छन् । उक्त  फिल्ममा विपिन अडिसन दिएर छानिएका भने होइनन् । उनलाई निर्माण टिमले नै फोन गरेर बोलाएका हुन ।

विपिनलाई ‘एनिमल’ को निर्माण टिम सँग परिचाय गराउने काम भने ‘सेल्फी किङ’ का निर्देशक विशाल भटराईले गरेका हुन । विशाल कबिर सिंहको नेपालि र्भसन बनाउन जुटेका छन् । यसै क्रममा विशालले विपिनका बारेमा सन्दिपका भाई प्रणय रेड्डी सँग कुरा गरेका थिए । प्रणयले विपिनकोे ‘सेल्फी किङ’ हेरे पछि फोन गरेको बुझिएको छ ।

स्रोतका अनुसार विपिनको अधिंकाश दुश्य अनिल कपुर सँग रहेको छ । फिल्मको यतिखेर दोस्रो सेडयुलको सुटिङ भइरहेको छ भने ,अन्तिम सेडयुलमा विपिन पनि जोडिने छन् ।
 

#bipinkarki #animal #bollywoodfilm #anilkapoor

विशेष