News

सुनिल शर्मा विद्यार्थी चाईना पठाउने कन्सल्टेन्सीका एजेण्ट हुन 

सुनिल शर्मा विद्यार्थी चाईना पठाउने कन्सल्टेन्सीका एजेण्ट हुन 

हिन्दु अधिकारकर्मी सुभाष ढकालले काठमाण्डौं मेडिकल कलेजका सञ्चालक तथा विराटनगर स्थित नोवेल मेडिकल कलेजका अध्यक्ष सुनिल शर्मा विद्यार्थी चाईना पठाउने कन्सल्टेन्सीको एजेण्ट भएको वताएका छन् ।

नेपाल आजसँगको कुराकानीका क्रममा ढकालले भने–‘वहाँ अहिले काठमाण्डौं मेडिकल कलेजको संचालक भएपनि म वहाँलाई विद्यार्थीहरु चाईना पठाउने कन्सल्टेन्सीको एउटा एजेन्टको रुपमा चिन्छु।’

आफुले जान्दासम्म शर्मा नेपालबाट चाईना विद्यार्थी पठाउने काम गर्दै आएको र त्यो विजनेश नचलेपछि उनी ब्याक भएको ढकालले वताए । ‘जतिखेर म प्रशासक भएर भरतपुर मेडिकल कलेजमा काम गरिरहेको थिए (०५०/०५१ सालमा), त्यतिखेर वहाँ नेपालबाट चाईना विद्यार्थी लैजानु हुन्थ्यो। जव चाईनाबाट पढेर आएका विद्यार्थीहरुलाई नेपालका सरकारी अस्पतालमा इन्टर्नशिप गर्न दिईएन त्यसपछि त्यहाँको विजनेश विग्रियो’ ढाकालले भने–‘त्यसपछि वहाँ त्यो विजनेशबाट ब्याक हुनुभो। मैले जान्दाखेरी बागवजार÷पुतली सडकतिर वहाँको अफिस थियो। वहाँहरु ३/४ मिलेर त्यो काम गर्नु भएको थियो। धेरै विद्यार्थी चै वहाँले चाईना लानु भएको हो।’

त्यसपछि उनले मेडिकल कलेज सञ्चालनको रहर गर्न थालेको उनी वताउँछन। ‘म अहिले पनि मेडिकल कलेज वहाँको रहर हो भन्छु। त्यतिवेला वहाँ संचालक हो, जतिवेलासम्म वहाँको अर्गनाईजेसन स्मुथ रुपबाट चल्छ, विवादरहित रुपमा लैजान सक्नु हुन्छ’ ढकाल भन्छन्–‘अहिलेसम्म त वहाँ मेडिकल कलेज सञ्चालन गर्न रहर गरिरहेको एउटा पात्र हो।’

विश्व वजारमा मेडिकल क्षेत्रका दक्ष जनशक्ति तयार गर्न नेपालमा मेडिकल कलेजको आबश्यक्ता भएपनि हाल सञ्चालनमा रहेका मेडिकल कलेज शिक्षा र स्वास्थ्यमा भन्दा पनि ब्यापारमा केन्द्रित भएकाले उदेश्य अनुसारको प्रतिफल नआएको ढकालले वताए ।

‘म पैसा तिरेर पढ्न सक्छु, मेरो क्षमता छ भन्ने हो र पढ्ने सुविधा दिनुलाई अन्यथा लिन सकिदैन। नेपालमा अझै धेरै मेडिकल कलेज खुलुन। प्लस टु र साईन्स पढ्का लागि चै कलेज खोलिदिने अनि फर्दर स्टडीका लागि चै कलेज किन वन्द गर्ने’ उनले भने–‘एउटा मेडिकल कलेज खोल्दा खेरी १० हजार जनालाई प्रत्यक्ष फाईदा छ। तर, तिनिहरुको नियमन राज्यले गर्नुपर्छ।’

नेपालमा मेडिक कलेजको सुरुवात कसरी भयो भन्ने विषयमा पनि उनले विस्तृतमा वताएका छन् । ढकाल भन्छन्– उनीहरुले अहिले ब्यापार मात्रै गरिरहेका छन् । राज्य त्यहाँनेरी चुकेको छ। कुनै पदाधिकारीले कमिसन खाएको हुन सक्छ, जस्ले गर्दा मेडिकल कलेजले आफनो एकलौटी चलाईरहेका छन् । अहिले मेडिकल कलेजहरुमा भईरहेको आन्दोलन त्यसै भित्रको एउटा असर हो। शिक्षा भएका कारण मेडिकल कलेज प्रति मान्छेको आकर्ष छ। तर, मेडिकल कलेजको ब्यापारका कारण सर्वसाधारणले धान्नै नसक्ने भएपछि त्यसप्रति आक्रोश पनि छ। 

मेडिकल कलेजमा अहिले जुन लागत देखाईएको छ (४० लाख देखि १ करोडसम्म लाग्ने कुरा) त्यो बास्तविक खर्च होईन। यो व्रम्हलुट हो। तपाईले कुनै विद्यार्थी प्लस टु सम्म भर्ना गर्दा खेरी हरेक महिना वा समेस्टरमा पैसा तिर्नु हुन्छ, तर एमविविएस पढ्ने विद्यार्थीको पैसा तपाईले एकै पटक वुझाउनु पर्छ। उसको आन्दानीको श्रोत यति ठुलो भएको छ की कुरा गरेर साध्य नै छैन। नेपाल सरकारले यीनिहरुलाई नियमन नै गर्न सकेन। 

अहिले डा. कृष्ण गिरीको जुन चिकित्सा शिक्षा आयोग भनिएको छ नेकपा एमालेको नौ महिने सरकारका पालामा तत्कालिन नेकपा एमालेका नेता देवी प्रसाद ओझाको संयोजकत्वमा एउटा आयोग वनाईएको थियो। जसलाई उच्च स्तरिय शिक्षा आयोग भनियो। त्यो अयोगले यि सम्पुर्ण मेडिकल कलेजहरुसँग भएको सम्झौताको नियमन छानविन गर्ने भनिएको थियो। ०५१ सालतिर। अहिले त्यो आयोग विश्थापित भएर चिकित्सा शिक्षा आयोग आयो। आयोगले यसलाई नियमन गर्न सकेन। 

नेपालमा निजी स्तरबाट मेडिकल कलेज खुल्दै गर्दा काठमाण्डौं विश्व विद्यालयले सम्वन्धन लिदै थियो तर उसँग चिकित्सा शास्त्रको विभागै थिएन । लाजिम्पाटको रणवहादुर शाहको घर भाडामा लिएर काठमाण्डौं विश्वविद्यालय जन्माएको हो । काठमाण्डौं विश्वविद्यालयले आफनो जुन सम्पत्तिलाई वढाएर लिएर गएको छ, त्यो मेडिकल कलेज÷विद्यार्थीहरुकै पैसा हो। तर, आज वहाँहरुले किन अन्यायपूर्ण र अविवेकपूर्ण ब्यवहार गरिरहनु भएको छ, यो वुझिएको छैन।

काठमाण्डौं विश्वविद्यालय हिजो मेडिकल कलेज आउनु भन्दा अगाडि कुन अवस्थामा थियो र आज कुन अवस्थामा आएको छ ? हिजोको हिजोको आम्दानीको अनुपात र आजको अवस्था तुलना गर्दा हिराव निस्कन्छ। 

मेडिकल कलेजको इतिहाँस
मेडिकल कलेजको इतिहाँस हेर्दा नेपालको पहिलो मेडिकल कलेज त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज नै हो। त्यो भन्दा जेठो मेडिकल कलेज अरु होईन।

त्यसपछि नेपालमा तत्कालिन युवराजधिराज दिपेन्द्रको व्रतवन्ध गर्ने सिलसिलामा भारतबाट जगतगुरु शंकराचार्यसँगै दक्षिण भारत स्थित हैदराबादको विजयवडा भन्ने शहरका एक जना मानिस जिएस कुल्डा (गौतमेश्वर शर्मा कुण्डा) आउनु भयो। वहाँ म्याथमेटिक्सको प्रोफेसर हो। वहाँले नेपालमा मेडिकल कलेज खोल्ने सपना देख्नुभयो। शंकराचार्य मार्फत विरेन्द्रसँग यो कुरा पुर्याईयो। उनीहरुलाई पोखरा (जहाँ अहिले मणिपाल शिक्षण अस्पताल छ) हेर्न पठाईयो।

पर्यटकिय क्षेत्र हो, त्यहाँ मिल्छ भने चलाउनोस भनेर त्यहाँ पठाईयो। जाने क्रममा नौविसे–धादिङ– मलेखु मध्ये कुनै एक ठाउँमा गाडि दुर्घटनामा भयो र त्यो टोलीका १ वा २ जना मान्छे मरे। त्यसपछि त्यो कार्यक्रम रद्ध भयो। 

उनीहरु काठमाण्डौ फकिए। शंकाराचार्यको लगानीमा मेडिकल कलेज खोल्ने योजना रद्ध भएपछि शंकराचार्य फर्किए। तर, कुण्डा नेपालमै वसेर उनले मेडिकल कलेजको प्रयास जारी राखे। उनी नेपालमा मेडिकल कलेजका अध्यता नै हुन । 

वहुदल आईसकेपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले उनलाई धरान (विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको ठाउँ) मा जाउ, त्यहाँ खोल भनेर मौखिक आश्वासन दिए । उनले त्यहाँ मेडिकल कलेजको शिलान्यास पनि गरे। त्यसपछि फेरी त्यहाँ कलेज सञ्चालनको अनुमति दिईएन। भारतका तत्कालिन प्रधानमन्त्री चन्द्रशेखरले आएर डायनियमा भाषण गर्ने क्रममा शैलेजा आचार्यले भनेपछि एउटा ठुलो इन्स्टिच्युटका लागि सरकारबाट लगानी गराउँछु भने। अनि धरानमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको योजना आयो। गौतम कुण्डा ब्याक भए। 

त्यसपछि कांग्रस नेता खुमवहादुर खड्काले कुण्डालाई नेपालगञ्ज पुर्याए। त्यहाँ पनि उनले निकै प्रयास गरे। उनले प्रयास गर्दा गर्दै त्यहाँ फेरी भारतका तत्कालिन राष्ट्रिय सभा सदस्य डिवाई पाटिलको पावरमा डिवाई पाटिल नामको मेडिकल कलेज खुल्यो। त्यसपछि कुण्डा फेरी त्यहाँबाट पनि ब्याक भए। 

त्यसपछि उनले प्रयास गर्दा गर्दा भरतपुरमा कलेज खोले– कलेज अफ मेडिकल साईन्स भरतपुर। यो मेडिकल कलेज अमेरिकाका २० जना ब्यक्तिहरुले मिलेर सञ्चालन गरेको ननप्रोफिट अर्गनाईजेसन मार्फत खोलिएको हो। त्यसको नाम इन्टरनेश्नल सोसाईटी फर मेडिकल एजुकेशन हो। पछि गएर यसको नाम कलेज अफ मेडिकल साईन्सेज भरतपुर भएको हो ।

त्यही विचमा रामवरण यादव र महेश आचार्य राज्य मन्त्री वने। रामवरण यादवका कारणले पोखरामा रमेश पाईहरुले मणिपाल अस्पताल खोले। नेपालगञ्जको मेडिकल कलेज असफल भयो। त्यहाँका डाइरेक्टर भरतपुरमा आएर काम गर्न थाले। 

त्यसपछि नेपालबाट एमविविएस पढ्न चाईना जानेहरुको वजार सुरु भयो। त्यो वजारको मोर्केटिङ गर्ने ब्यक्ति मध्ये एक जना सुनिल शर्मा पनि हुन । ढकाल भन्छन्– म त्यातिवेला भरतपुर मेडिकल कलेजमा प्रशासकको रुपमा कार्यरत थिए। प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले पाल्पामा पनि मेडिकल कलेज खोल्ने ब्यवस्था गर्न मलाई पठाउनु भयो। पाल्पाका तीनै जना कांग्रेसका सांसद हरिप्रसाद नेपाल, गम्भिरजंग कार्की र कालु राना थिए। नेपालको नेतृत्वमा उद्योग वाणिज्य संघका चकोरमान साक्य, राजकुमार कक्षपति, रामप्रसाद ज्ञवाली, यी सवैको साथमा म पाल्पा गए। अहिले पाल्पामा पनि मेडिकल कलेज खुलेको छ।

यो पनि

मेडिकल कलेज माफियाले चलाईरहेका छन्ः सुभाष ढकाल

सुनिल शर्मा

विशेष