News राजनीति

कमल थापाको प्रश्नः राजसंस्था पुनर्स्थापना भयो भने प्रजातन्त्र मासिदैन भन्ने ज्ञारेण्टी के छ ?

कमल थापाको प्रश्नः राजसंस्था पुनर्स्थापना भयो भने प्रजातन्त्र मासिदैन भन्ने ज्ञारेण्टी के छ ?

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना भयो भने ‘राजनीतिक रुपमा राजा सक्रिय हुँदैनन्, प्रजातन्त्र मास्ने काम हुँदैन ?’ भन्ने आधार के छ भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई प्रश्न गरेका छन् ।

नेता थापाले एउटा अन्तर्वार्ताका क्रममा जस्तो शतप्रतिशत राजावादी भएको भएको पार्टीमा नै निर्मल निवासको हस्तक्षेप गरेपछि भोलिका दिनमा राजसंस्था पुनर्स्थापना भयो भने उनले प्रजातन्त्र मास्ने काम गर्दैनन? भनेर कसरी विश्वास गर्ने भनेर प्रश्न गरेका हुन ।

राप्रपाभित्र निर्मल निवासको हस्तक्षेपका कारण पन्ध्र वर्षसम्म आफुले गरेको तर्क र आवाजको सार्थकता समाप्त भएको पनि उनले वताए ।

आफनै हातले हस्ताक्षर गरेर सांसद र मन्त्री बनाएका व्यक्तिहरुलाई राजाका सचिवहरुले घरैमा गएर, घरमा बोलाएर पार्टी फुटाउने कामका लागि प्रयोग गरको उनको दावी छ। ‘०७४ सालमा रामकुमार सुब्बा, विराज विष्ट, कमला शर्मा, रेशम लामा लगायत १० जना मैले सांसद र मन्त्री बनाएका व्यक्तिहरुलाई मेरो विरुद्ध प्रयोग गरियो’ उनले भनेका छन्–‘निर्मल निवासले सक्छ भने कांग्रेस र कम्युनिस्टमा खेल्नु नि? राप्रपामा त शतप्रतिशत राजावादी छन्। जो जिते पनि, जो हारे पनि ऊ राजावादी नै हो।’

ज्ञानेन्द्रकै कारण आफुले अध्यक्षमा पराजय भोग्नु परेको विषयमा तिव्र असन्तुष्टि जनाए। आफुले शून्यबाट ४, ४ बाट २५, २५ सांसद पुर्याएको र १० वर्ष गणतन्त्रमा लागेका लोकेन्द्रबहादुर चन्द, पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीहरुलाई समेटेर पार्टी एकीकरण पश्चात ३७ सांसद वनाएको स्मरण गर्दै उनले ज्ञानेन्द्रकै कारण अहिले पार्टी संकटमा परेको दावी गरे।

राजतन्त्रका लागि कफन वाँधेर हिडेका हामी मन्त्री भएकोमा पनि ज्ञानेन्द्रले इस्र्या गर्ने गरेको उनको गुनासो छ। ‘राजसंस्थाको नारा लगाएर तपाईलाई ठूलै फाइदा भयो, पटक–पटक उपप्रधानमन्त्री हुनुभयो। तर, निर्मल निवासलाई चाहिँ के फाइदा भयो?’ भन्दै उनले आफुलाई प्रश्न गरेको पनि उनले खुलासा गरे। 
महाधिवेशन अगाडि पनि ११ कात्तिकमा निर्मल निवासमा आफुसँग भएको कुराकानीको तीन हप्ता बित्दा–नबित्दै निर्मल निवास नाङ्गो ढंगले पार्टीको आन्तरिक मामिलामा हस्तक्षेप गर्न थालेको उनको भनाई थियो ।

‘हिजो सिङ्गो देश गणतन्त्रमय भएको बेलामा राजसंस्थाको एजेन्डा बोकेको कमल थापा त निर्मल निवासबाट सुरक्षित छैन भने भोलिको दिनमा कुन चाहिँ नेता र कार्यकर्ता सुरक्षित हुन्छ?’ भन्दै उनले प्रश्न गरे। 

कमल थापा ज्ञानेन्द्र शाह

विशेष