काठमाण्डौं र जनकपुरमा चीनियाँ राजदूतको पुतला दहन
चीनको अघोषित नाकावन्दी खोल्न माग गर्दै मंगलवार जनकपुरबाट सुरु भएको प्रदर्शन वुधवार राजधानी पुगेको छ। राष्ट्रिय एकता अभियानको अगुवाईमा वुधावर माईतिघर मण्डलामा प्रदर्शन भएको हो।
अध्यक्ष विनय यादवको नेतृत्वमा रहेका प्रदर्शनकारीले नेपाल स्थित चीनयाँ राजदुत होउ यान्छीको पुतला समेत जलाएका छन् । उनिहरु चीन विरोधी नारासहितका प्लेकार्ड वोकेर माईतिघरमा जम्मा भएका थिए । प्रदर्शनका क्रममा ‘चीन सरकार मुर्दाबाद, चीनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर, नेपाली विद्यार्थीहरुको पढाई सूचारु गर, चीनियाँ विस्तारवाद मुर्दावाद, गो ब्याक चाईना’ लागयतका नारा लगाईएको थियो ।
यसअघि मंगलवार जनकपुरमा पनि प्रदर्शन र राजदुतको पुतला जलाईएको थियो । जनकपुरको जनकचौकमा आयोजित प्रदर्शनमा राष्ट्रिय एकता अभियान धनुषाका जिल्ला संयोजक मनिष पुर्बेको नेतृत्व गरेका थिए ।
चीनले कोरोनाको वहानामा नेपाल विरुद्ध अघोषित नाकावन्दी गरिरहेको छ। नेपालमा अेमेरिकी अनुदान सहयोग एमसीसीका विषयमा चर्चा सुरु भएपछि चिनले नाकामा कडाई गर्ने गरेको छ। नाकामा समस्या खडा गरी नेपालका नेताहरुलाई दबाव श्रृजना गर्ने र एमसीसी पास गर्न नदिने रणनीति अनुसार चीनले काम गरिरहेको जानकारहरु वताउँछन् ।
चीनको यही रणनीतिका अनुसार नाकाबाट सहज रुपमा सामान आउन सकेको छैन भने निर्यात ठप्प छ। वजारमा सामानको अभाव छ। ढुवानी ब्यवसायीहरु अलपत्र परेका छन् भने मजदुरी गरेर जिविकोपार्जन गर्ने नागरिक विस्थापित भएका छन् ।
पर्यटन ब्यवसाय, होटल, लज सवै वन्द भएका छन् । तातोपानी तथा केरुङ्ग नाकामा कार्यरत भन्सार कर्मचारी घाम तापेर वसेका छन् । समग्रमा चीनको नाकावन्दीका कारण नेपालको अर्थतन्त्र मात्र होईन, जनजिवन नै कष्टपुर्ण भएको छ। तर, यसलाई नत सरकारले नाकावन्दीको रुपमा स्विकार गरेको छ, नत राजनीतिक दलले गम्भिरतापुर्वक लिएका छन् ।
राजनीतिक दलका नेता तथा सरकारले वेवास्ता गर्न थालेपछि नागरिक स्तरबाट यसको विरोध सुरु भएको छ। नेपाल आजले यसको विषयमा श्रृंखलावद्ध समाचार प्रशारण गर्दै आएको छ। तातोपानी र रसुवा नाकाको स्थलगत रिपोर्ट र स्थानीयवासी तथा ब्यापारीलाई परिरहेको समस्याका विषयमा सामग्रीहरु प्रस्तुत गरिरहेको छ।
चीनियाँ कब्जा चीनियाँ नाकाबन्दी गो ब्याक चाईना सीमा अतिक्रमण होउ यान्छी