News

ललिता निवास प्रकरणमा पक्राउ परेका लेखनदास दम्पत्ति पनि छुटे

ललिता निवास प्रकरणमा पक्राउ परेका लेखनदास दम्पत्ति पनि छुटे

बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेका लेखनदास दम्पत्ति पनि छुटेका छन् । अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा लेखनदास रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई छाडिएको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले जनाएको छ।

सरकारी वकिलसँगको समन्वयमा सुवेदी दम्पतीलाई मंगलबार छाडिएको प्रहरीले जनाएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्दा सरकारी कागजात कीर्ते गरेको आरोपमा पुस ७ गते रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई प्रहरीले पुस ७ गते पक्राउ गरेको थियो।

सुवेदीले नै शोभाकान्त ढकालसँगको मिलेमतोमा सरकारी स्वामित्वमा आइसकेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको प्रहरीको आरोप छ । सुवेदी मालपोत कार्यालयमा लेखन्दासको काम गर्थे । 

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सकिने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर अझै अनुसन्धान नपुगेको भन्दै उक्त प्रतिवेदन सरकारी वकिल कार्यालयले सीआईबीलाई नै फर्काइदिएको छ । 

ललिता निवास जग्गा प्रकरणः माफिया छुटे, लेखदास दम्पत्ति थुनामा
 

ललिता निवास

विशेष