News बैंकिङ

कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ मा नबिलको सहकार्य

कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ मा नबिलको सहकार्य

‘नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ मा सहकार्य गर्न आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा ०७८ माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गईरहेको पा“चौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमा ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’ पनि आयोजना हुन लागेको हो। यसको आयोजना आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिले गर्दैछ ।

किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्मातालगायत कृषि सम्बन्धी सम्पूर्ण सरोकारवालाहरुलाई एउटै थलोमा ल्याउने उदेश्यले मेलाको आयोजना गर्न लागिएको हो । नबिल बैंकद्वारा प्रस्तुत हुन लागेको उक्त मेलाको ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद’” कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफल गरिने छ।

नबिल बैंकको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरजकुमार बस्नेत (डनिल) र आरएण्डडी इनोभेटिभ सोलुसन्स् प्रालिका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

संवाद कार्यक्रममा बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसान, उद्यमी र कृषि व्यापारीको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुने वैंकका कर्जा विभाग प्रमुख बस्नेतले वताए। सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १ हजार ५ सयभन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

#nabilbank

विशेष