News

उत्तरको घाउमा दक्षिणको मलमः चीनियाँ राजदुतको पुतला दहन

उत्तरको घाउमा दक्षिणको मलमः चीनियाँ राजदुतको पुतला दहन

०७२ सालमा दक्षिणको मित्र राष्ट्र भारतले नेपालल विरुद्ध नाकावन्दी गर्दा सम्पुर्ण नेपाली एक भए । सरकारले नाकावन्दी नभई नाकामा भएको अवरोध भन्दा भन्दै पनि सर्वसाधारणले त्यसको चर्को विरोध गरे। हिमाल, पहाड, तराई सर्वत्र भारत विरोधी प्रदर्शन भए। नेपाली जनताको एकता र अन्तराष्ट्रिय दवाव थाम्न नसकेर भारतले क्रमशः नाकावन्दी हटायो।

०७२ सालकै नियती अहिले उत्तरी सिमामा देखिएको छ। चीनले अघोषित रुपमा नेपाललाई नाकावन्दी गरिरहेको छ।  वर्षौदेखि नाकाबाट सहज रुपमा सामान आउन सकेको छैन भने निर्यात ठप्प छ। चीनले नाकामा कडाई गरेपछि सामान आयात प्रायः सुन्य जस्तै छ। वजारमा सामानको अभाव छ। ढुवानी ब्यवसायीहरु अलपत्र परेका छन् भने मजुरी गरेर जिविकोपार्जन गर्ने नागरिक विस्थापित भएका छन् ।

पर्यटन ब्यवसाय, होटल, लज सवै वन्द भएका छन् । तातोपानी तथा केरुङ्ग नाकामा कार्यरत भन्सार कर्मचारी घाम तापेर वसेका छन् । समग्रमा चीनको नाकावन्दीका कारण नेपालको अर्थतन्त्र मात्र होईन, जनजिवन नै कष्ट पुर्ण भएको छ। तर, यसलाई नत सरकारले नाकावन्दीको रुपमा स्विकार गरेको छ, नत राजनीतिक दलले गम्भिरतापुर्वक लिएका छन् ।

राजनीतिक दलका नेता तथा सरकारले वेवास्ता गर्न थालेपछि नागरिक स्तरबाट यसको विरोध सुरु भएको छ। ०७२ सालमा भारतले नाकावन्दी गर्दा हिमाल र पहाडले गरेको सहयोगको स्मरण गर्दै अहिले पहाड र हिमालमा परेको समस्या समाधानका लागि तराईका सर्वसाधारण जागरुक हुन थालेका छन् ।

यही क्रममा मंगलवार चीनको नाकावन्दी विरुद्ध जनकपुरमा प्रदर्शन गरिएको छ। राष्ट्रिय एकता अभियानको अगुवाईमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले नेपाल स्थित चीनियाँ राजदुत होउ यान्छीको पुतला पनि जलाए।

जनकपुरको जनकचौकमा आयोजित प्रदर्शनमा राजदूत यान्छी विरूद्ध चर्को नाराबाजी गरिएको थियो भने ‘चीन सरकार मुर्दाबाद, चीनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाई सूचारु गर’ लागयतका नारा लगाएको थियो।

राष्ट्रिय एकता अभियान धनुषाका जिल्ला संयोजक मनिष पुबेर्को अगुवाई प्रदर्शनमा उत्रिएका नागरिकले एउटा नेपाली माथि परेको समस्यामा अर्को नेपालीले वोल्नु पर्ने र सक्दो सहयोग गर्नु पर्ने वताए । ‘हामीलाई समस्या पर्दा हिजो सिङ्गो देश एक भयो, आज फेरी सोही समस्या दोहोरिदा हामी कसरी चुप लागेर वस्न सक्छौं’ पुर्वेले भने–‘जवसम्म नाकाको समस्या समाधान हुँदैन, तवसम्म हामी आफनो क्षेत्रवाट खवरदारी गरिरहन्छौं ।’


कोरोनाको वहानामा चीनले गरेको अघोषित नाकाबन्दीका कारण नेपाली ब्यापारीहरु विस्थापित हुने क्रममा छन् । तर, सरोकारवाला र राज्यका संयन्त्र गैरजिम्मेवार हुँदा उनीहरुको समस्या समाधानका लागि पहल गर्न आफु आन्दोलनमा आउनु परेको पुर्वेको भनाई छ।

भारतिय नाकाबन्दीका समयमा चर्का नारा लगाउने र भाषणबाजी गर्नेहरु अहिले चीनले गरेको नाकावन्दीका विषयमा मौनता साँधेर वसेको आन्दोलनकारीहरुले वताएका छन् ।

नाकावन्दी राष्ट्रिय एकता अभियान

विशेष