News

सरकारलाई रावलको प्रश्नः ललिता निवास प्रकरणमा के–के मा अनुसन्धान पुगेन ?

सरकारलाई रावलको प्रश्नः ललिता निवास प्रकरणमा के–के मा अनुसन्धान पुगेन ?

नेकपा एमालेका नेता भीम रावलले काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा के–के मा अनुसन्धान नपुगेको हो भनेर सरकार र सरकारी वकिलसँग प्रश्न गरेका छन् ।

प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको मुद्दा प्रहरीलाई नै फिर्ता गर्नु मुद्दा फासफुस पार्ने चाल हुन सक्ने शंका गर्दै उनले यस्तो प्रश्न गरेका हुन ।

‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन’ बिहीबार बिहान सामाजिक सञ्जालमार्फत एमाले नेता रावलले लेखेका छन्–‘अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो, खुलस्त गर्नुपर्छ। अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ।’

उक्त प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई मुद्दाको फाइल फिर्ता गरिदिएको थियो। 

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले ३६२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। सरकारी जग्गा हडप गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए। 

भीम रावल ललिता निवास जग्गा

विशेष