News

सुख्खा पहिरोमा परी तीन जना पुरिए

सुख्खा पहिरोमा परी तीन जना पुरिए

धादिङको रुबी भ्यालीमा बिहीबार बिहान बाटो खन्ने क्रममा पहिरो गएपछि तीन जना पुरिएका छन् ।

रुबी भ्याली गाउँपालिका–१, पुरुमा सडक खन्ने क्रममा पहिरो खस्दा एक्स्काभेटरसहित चालक र सहयोगी तथा १ जना स्थानीय व्यक्ति बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोमा पुरिनेमा चालक आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय अनिश तामाङ छन् । चालक र सहचालक काभ्रेका स्थायी बासिन्दा भएको जानकारी आए पनि पूरा ठेगाना नखुलेको छैन।

हेलिकप्टरबाट सशस्त्र प्रहरीको टोली उद्धारका त्यस तर्फ जाँदै गरेको प्रहरीले जनाएको छ। 
फाईल फोटो।

विशेष