News स्वास्थ्य

नोबेलमा विद्यार्थी आन्दोलन चर्किएपछि डा. गोविन्द केसी माथि उठ्यो प्रश्न

नोबेलमा विद्यार्थी आन्दोलन चर्किएपछि डा. गोविन्द केसी माथि उठ्यो प्रश्न

हिन्दु अधिकारकर्मी सुभाष ढकालले वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको इमान्दारिताप्रति प्रश्न उठाएका छन् । काठमाण्डौं मेडिकल कलेज र विराटनर स्थित नोवेल मेडिकल कलेजमा भईरहेको विद्यार्थी आन्दोलनप्रति लक्षित गर्ने ढकालले डा. केसीमाथि प्रश्न उठाएका हुन ।

काठमाण्डौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको विषयमा विद्यार्थीहरु लगातार आन्दोलनमा छन् । तर, यस्तो संवेदनशिल विषयमा डा. केसी चुईक्क नवोलेको भन्दै ढकालले आलोचना गरे। 

‘म कहिलेकाही डा. गोविन्द केसीको गतिविधिबाट अचम्ममा पर्छु’ उनले भने–‘वहाँ विद्यार्थीहरुको आन्दोलनमा अथवा मेडिकल कलेजका विद्यार्थीहरुको इस्युमा वोलिरहनु भएको छैन।’

उनले डा. केसीले जिवन विताएको शिक्षण अस्पतालको समेत उदाहरण दिएर उनीमाथि प्रश्न उठाए । ‘म एउटा सानो उदाहरण दिन्छु। वहाँ विगत लामो समयदेखी शिक्षण अस्पतालमा काम गरिरहनु भएको एउटा चिकित्सक हो। वरिष्ठ चिकित्सक हो। वहाँ एउटा सही सत्याग्रही हो। वहाँ एउटा इमान्दार मान्छे हो’ ढकालले भने–‘वहाँले कसैको पैसा खानु भो, यस्तो गर्नु भो, गलत गर्नु भो– म किमार्थ भन्न सक्दिन । तर, टिचिङ्ग हस्पिटल भित्रको कम्पाउण्डमा एउटा दवाई खोल्नलाई ५ लाख÷६लाख÷७ लाखको सर्टर भाडामा लाग्छ। कुटाकुट हुन्छ। त्यहाँ ठुलै लडाई हुन्छ। त्यो विषयमा वहाँ किन वोल्नु हुन्न ?’

शिक्षण अस्पतालमा सर्टर भाडाका लागि महाभारत हुँदा पाटन हस्पिटलमा भने त्यसको छेउछाउमा दवाई दोकानको आकर्षण नै नभएको पनि उनले वताए । ‘त्यो किन ? किन गोविन्द केसी त्यो विषयमा वोल्नु हुन्न। जहाँ वहाँ काम गरिरहनु भएको थियो, जहाँ वहाँले जिवन विताएर आउनु भयो, त्यहाँ भित्रको माफियाका विषयमा किन वोल्नु हुन्न ?’ ढकालले थप–‘जुन दिन वहाँले टिचिङ्ग हस्पिटलको क्वाटर छोडेर वाहिर निस्कनु भो, आँखाबाट आसु झार्दै कुनै टिभीमा अन्तर्वार्ता दिनुभयो । वहाँ आफै भन्दै हुनुहुन्थ्यो। मैले यत्रो वर्ष सेवा गरे, आज डेरा विहिन भएर वाहिर निस्कनु पर्यो भनेर एउटा पछाडिपटी भिर्ने झोला वोकेर आउनु भएको थियो। म वहाँलाई नमन गर्छु, वहाँलाई एकदम श्रद्धा गर्छु। तर, वहाँको शिक्षण अस्पतालभित्र वसिरहेको माफिया र पाटन हस्पिटलको विचमा फरक वहाँले किन केलाउनु भएन ? किन अरु मेडिकल कलेजहरुमा यस्तो ओखतीको दोकानहरु चै सरकारी रुपबाटै ब्यवस्थापन गर्नु पर्छ भनेर वहाँले एउटा अभियान गर्नु भएन। यो त प्रत्यक्ष जनतालाई सेवामा पुग्ने चिज  हो नी ?’


 

डा. गोविन्द केसी सुभाष ढकाल

विशेष